साउनमा नेप्सेमा १७ अर्ब ७३ करोडको थप धितोपत्र सूचीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2021 | 03:31:20 PM मा प्रकाशित

laxmi  sunrise bank

साउन महिनामा नेपाल स्टक एक्सचेन्ज नेप्सेमा १७ अर्ब ७३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८÷७९ को पहिलो महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै यसबारे जानकारी दिएको हो ।

जस अनुसार आर्थिक वर्ष २०७८÷७९ को पहिलो महिनामा रु.१३ अर्ब ७५ करोड बराबरको डिबेन्चर, रु.२ अर्ब ८८ करोड बराबरको साधारण शेयर, रु.५७ करोड ३९ लाख बराबरको बोनस शेयर र रु.५२ करोड ४१ लाख बराबरको हकप्रद शेयर गरी कुल रु.१७ अर्ब ७३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.३ अर्ब बराबरको म्युचुअल फण्ड, रु.१ अर्ब ५७ करोड बराबरको साधारण शेयर र रु.२४ करोड ३३ लाख बराबरको हकप्रद शेयर गरी कुल रु.४ अर्ब ८२ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ । 

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७८ साउनसम्ममा सूचीकृत ५ अर्ब ८५ करोड शेयरको चुक्ता मूल्य रु.५७५ अर्ब ५० करोड रहेको छ । २०७७ साउन मसान्तमा १३९१.५ रहेको नेप्से सूचकाङ्क २०७८ साउन मसान्तमा ३१६०.१ पुगेको छ । २०७८ साउन मसान्तमा धितोपत्र बजार पँुजीकरण रु.४४१४ अर्ब पुगेको छ । २०७७ साउन मसान्तमा बजार पुँजीकरण रु.१८३७ अर्ब रहेको थियो ।

२०७८ साउनमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २२० पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४४ बैंक तथा वित्तीय संस्था
र बीमा कम्पनी रहेका छन् भने ४० जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ४ व्यापारिक संस्था, ५ लगानी कम्पनी र ३ अन्य समूहका रहेका छन् । २०७७ साउनमा सूचीकृत कम्पनीहरूको संख्या २०८ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६८.२ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ९.८ प्रतिशत, लगानी कम्पनीको ८.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.९ प्रतिशत, होटेलको हिस्सा १.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ७.८ प्रतिशत रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved