नबिल इन्भेष्टमेन्टका २ म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2021 | 08:19:16 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल इन्भेष्टमेन्ट बैंकिङ Nabil Investment Banking  ले संचालन गरेका २ वटा समुहिल लगानी कोष योजनाको लाभांश सुरक्षित गर्ने आज असोज १० गते अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरणको लागि असोज ११ गते बुक क्लोज गरेकोले आज असोज १० गतेसम्म कायम इकाईधनीले नबिल इक्विटी फण्ड र  नबिल ब्यालेन्सड फण्ड २ को लाभांश पाउँन सक्ने छन् । 

आर्थिक वर्ष ७७/७८ को नबिल इक्विटी फण्डले कर सहित ४० प्रतिशतले हुन आउने ५० करोड  बराबरको नगद लाभांश वितरण गर्ने छ । त्यस्तै  नबिल ब्यालेन्सड फण्ड २ ले कर सहित ३५ प्रतिशतले हुन आउने ३९ करोड २० लाख बराबरको नगद लाभांश वितरण गर्ने छ । यो दुवै योजना नबिल म्युचुअल फण्ड अन्तर्गत संचलित योजना हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved