बुद्धभुमि हाइड्रोको आईपिओ रिभ्यु: यसै वर्ष १८ करोड आम्दानी, ८०/८१ मा लाभांश प्रक्षेपण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2021 | 08:41:50 PM मा प्रकाशित

laxmi  sunrise bank

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले असोज ११ गते देखि सर्वसाधरणका लागि साधारण सेयर निष्काशन गर्दै छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ सर्वसाधारणको लागि निष्काशन गर्ने भएको हो।

८ लाख कित्ता मध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ७ लाख ४४ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।  सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। 

आईपिओमा असोज १४ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा  ढिलोमा असोज २५ गतेसम्म आबेदन दिन सकिने छ  ।  आवेदन  दिँदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मको लागि दिन पाइनेछ।  नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आइपीओमा आबेदन दिन सकिनेछ। 

कम्पनी परिचय : 

बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड प्रचलित कानून बमोजिम २०७४ साल श्रावण ३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भै मिति २०७४ साल श्रावण ३१ गते देखि पब्लीक लिमिटेड कम्पनीमा परिणत भै कम्पनी ऐन २०६३ र विद्युत ऐन २०४९ अन्तर्गत काम÷कारोबार गर्दै आइरहेको छ । 

कम्पनीले तल्लो ताँदी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको विद्युत गृह स्थल नुवाकोट जिल्लाको सदरमुकाम बिदुर बाट २६ कि.मी. को पुर्वमा तथा खरानीटार बजार बाट ५ किलो मिटरको दुरीमा अवस्थित रहेको छ । आयोजनाको मुख्य संरचनामा हेडवर्क्स दुप्चेश्रर गाउं पालिका को वडा नं ५ र ६ मा तथा आयोजनाको पावर हावर पंचकन्या गाउंपालिका वडा नं ०४ नौटारीमा पर्दछ। आयोजनाको जडित क्षमता ४.९९३ मे.वा रहेको छ  । समग्रमा आयोजनाको कार्य प्रगति ९५ प्रतिशत सम्पन्न भइसकेको कम्पनीले उल्लेख गरेको छ । 

पुँजी संरचना 

कम्पनीको अधिकृत पूँजी पचहत्तर करोड रहेको छ ।  कम्पनीको तत्काल जारी गर्ने शेयर पूँजी चालिस करोड रहेको छ । कम्पनीको चुक्ता पूँजी अट्ठाइस करोड रुपैयाँ रहेको छ । उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि निष्कासन पश्चात कम्पनीको चुक्ता पूँजी ३२ करोड भएको छ र भने सर्वसाधारणको लागि छुट्ट्याइएको पूरै शेयर निष्कासन भएपछि कम्पनीको चुक्ता पूँजी चालिस करोड हुनेछ । आईपिओ निष्काशन पश्चात संस्थापक र सर्बसाधारणको शेयर स्वामित्व अनुपात ७०:३० हुने छ  ।

आधारभूत शेयरधनी , संस्थापक , संचालक विवरण : 

कम्पनीमा १८ जना आधारभुत शेयरधनी रहेका छन् । पुर्णलाल श्रेष्ठ, बलराम खतिवडा, प्रमोद खड्का, दिपक लाल अमात्य, शेकर कुमार सुबेद, इल्या दिक्षीत भट्टराइ, अनिल कुमार थापा, अनुराधा राइ, बिर बहादुर कंडेल, ज्योत्सना लोहनि, लोक पाणी अग्निहोत्री, शर्मिला श्रेष्ठ, राजु कुमार अमात्य, शुरेश काजि शाक्य, दाश लाल अमात्य, प्रविण खड्का, प्रदिप खड्का, र माधव पोखरेल कम्पनीका आधारभूत शेयरधनी हुन् । 

कम्पनीको संचालक समिति सदस्यहरुमा पूर्ण लाल श्रेष्ठ, बलराम खतिवड, प्रमोद खड्का, दिपक लाल अमात्य, र शेखर कुमार सुवेदी रहेका छन् । कम्पनीको अध्यक्ष पूर्ण लाल श्रेष्ठ हुन्  र उनी रियल स्टेट कम्पनी ब्राइट वे इन्भेष्टमेन्टका संचालक पनि हुन् ।  कम्पनीले संचालकहरुलाई वैठक भत्ता वापत प्रति वैठक रु ३,००० प्रदान गर्ने गरेको जनाएको छ । संचालकलाई भ्रमण भत्ताको रुपमा काठमाण्डौ उपत्यका वाहिरः–रु.२०००, नेपाल वाहिर सार्क राष्ट्र भित्र ः–१०० यु.एस. डलर, अन्य राष्ट्रः–.२०० यु.एस.डलर, प्रदान गर्ने गरिएको कम्पनीले उल्लेख गरेको छ ।

ब्यबस्थापकीय विवरण 

कम्पनीको प्रमुख कार्यकारी अधिकृत श्याम बहादुर श्रेष्ठ रहेका छन्  । उनलाई कम्पनीले २०६८ माघ ०१ गते नियुक्त गरेको थियो  । उनीसँग विद्युत प्राधिकरणमा ३५ वर्ष काम गरेको अनुभव छ   । कम्पनीका प्रोजेक्ट म्यानेजर ध्रुबराज घिमिरे हुन् भने शुक्रराज डंगोल प्रमुख वित्त तथा लेखा अधिकृत/ कम्पनी सचिव हुन्  । कम्पनीमा कुल १८ कर्मचारी छन्  । 

कम्पनीले आर्थिक वर्ष आर्थिक वर्ष ७६/७७ मा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई २५ लाख ९२ हजार, प्रोजेक्ट म्यानेजर घिमिरेलाई १६ लाख १३ हजार र प्रमुख वित्त तथा लेखा अधिकृत/ कम्पनी सचिव डंगोललाई ८ लाख ७० हजार पारिश्रमिक प्रदान गरेको छ ।

बीमा विवरण 

कम्पनीले  Civil works (Surface), Civil works (Underground), Hydromechanical works , Electromechanical works, Transmission line & Substation, Camp, Access Road, other Equipment को एनएलजी इन्स्योरेन्समा ३२ करोड ७५ लाख ५७ हजार बराबरको बिमांक रकमको बीमा गरेको छ । बीमा अवधि २०२१।१२।०१ सम्म कायम रहेको छ । 

वित्तीय विवरण 
२०७७ आषाढ मसान्तको वासलात अनुसार कम्पनीको जम्मा सम्पति र जम्मा पूँजी तथा दायित्व ८८ करोड ३८ लाख रहेको छ । यस अवधिमा कम्पनी ४४ लाख ६६ हजार खुद घाटामा रहेको छ । आर्थिक वर्ष ७४/७५, ७५/७६ र ७६/७७ मा कम्पनीको खुद नोक्सानी क्रमश ३७ लाख ८७ हजार , ८४ लाख ३९ हजार र ४४ लाख ६६ हजार रहेको थियो  ।  आर्थिक वर्ष ७७/७८ को असार मसान्तसम्मको विवरण अनुसार कम्पनीको खुद नोक्सानी ३ करोड ६८ लाख रहेको छ  ।  

कम्पनीले आर्थिक वर्ष ७८/८९, ८९/८० र ८०/८१ मा पुँजी ४० करोड नै रहने प्रक्षेपण गरेको छ  । यस अवधिमा कम्पनीले कर पछिको नाफा क्रमश ६ करोड ४९ लाख, ७ करोड ३९ लाख र ३ करोड ८७ लाख हुने प्रक्षेपण गरेको छ  । यस अवधिमा कम्पनीले विद्युत बिक्रिबाट क्रमश १८ करोड २० लाख, १८ करोड ७४ लाख र १९ करोड २८ लाख आम्दानी हुने प्रक्षेपण गरेको छ  । कम्पनीले आर्थिक वर्ष ८०/८१ मा ११ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण  गरेको छ  ।  

आर्थिक वर्ष ७४/७५, ७५/७६ र ७६/७७ को कम्पनीको वास्तविक प्रतिशेयर आम्दानी क्रमश  १.७४ रुपैया ऋणात्मक, ३.०१ रुपैयाँ ऋणात्मक र १ रुपैयाँ ५२ पैसा ऋणात्मक रहेको थियो । कम्पनीको ७७/७८ को अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी १२.५६ रुपैयाँ ऋणात्मक रहेको छ । आर्थिक वर्ष ७८/७९, ७९/८० र ८०/८१ मा कम्पनीले आफ्नो प्रतिशेयर आम्दानी क्रमश १६.२३ रुपैयाँ१८.४९  रुपैयाँ र २०.७५ रुपैयाँ हुने प्रक्षेपण गरेको छ । 

आर्थिक वर्ष ७४/७५, ७५/७६ र ७६/७७ को कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ क्रमश  ८४.४१ रुपैया , ८४.८९ रुपैयाँ र ८४.०५ रुपैयाँ रहेको थियो । कम्पनीको ७७/७८ को अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ ७१.४९ रुपैयाँ रहेको छ । आर्थिक वर्ष ७८/७९, ७९/८० र ८०/८१ मा कम्पनीले आफ्नो प्रतिशेयर नेटवर्थ क्रमश ९५.३२ रुपैयाँ, ११३.८२ र १२३.५२ रुपैयाँ हुने प्रक्षेपण गरेको छ । 

प्रक्षेपित वित्तिय विवरणहरुको गणनाको आधारहरु देहाय वमोजिम रहेको कम्पनीले जनाएको छ ।

१) बिद्युत बिक्रीबाट प्राप्त आय गणना गर्दा विद्युत केन्द्रबाट विद्युत खरिद विक्री सम्झौताको निर्धारित विद्युत शक्ति m (deemed energy) उत्पादन गर्न शत प्रतिशत क्षमतामा चल्ने आधार लिई गरिएको छ ।

२) विद्युतको ब्यापारीक उत्पादन २०७८ आश्विन १५ गते देखि भएको आधार लिइएको छ ।

३) विद्युत विक्री दर आ.ब. २०८३÷०८४ सम्म वार्षिक ३ ५ ले वृद्धि हुने

४) कर्मचारी वोनस कर अधिको नाफाको २५ ले व्यवस्था गरीएको छ ।

५) रोयल्टी खर्च बाहेक अन्य संचालन खर्च वार्षिक २५ ले बृद्घि गरिएको छ ।

६) बोनस, अपलेखन खर्च तथा रोयल्टी बाहेक कार्यालय संचालन खर्च वार्षिक २५ले बृद्घि गरिएको छ

७) कर्मचारीको तलब खर्च हरेक दुइ वर्षमा १०५ ले बृद्धी गर्दै लगिने छ ।

७) कम्पनीले आगामी ५ वर्ष सम्मको लागि थप कर्जा नलिने योजना रहेको छ ।

८) अपलेखन गर्न बाँकी पूर्व संचालन खर्चहरुः– नरहेको ।

९) आयकरको दर आ.व २०८६÷०८७ सालसम्म शत प्रतिशत कर छुट, २०८७÷०८८ देखी २०९१÷०९२ सालसम्म ५०५ कर छुट व्यवस्था रहेको छ ।

आईपिओबाट प्राप्त पुंजीको उपयोग 

कम्पनीले आईपिओबाट संकलित रकमले आयोजनाको लागि ऋण तिर्ने उल्लेख गरेको छ । कम्पनीका अनुसार ७७ करोड ३४ लाख आवधिक ऋण रहेको छ । 

प्रत्याभूति

कथंकदाचित निष्काशन गरिने शेयर पूर्णरुपमा विक्री नभएमा बांकि शेयर प्रभु क्यापिटलले प्रत्याभुति गर्ने सम्झौता भएको छ । यसको लागि कम्पनीले क्यापिटललाई निष्काशन गरीने कुल रकमको १.७५ प्रतिशत सेवा शुल्क दिने छ । त्यस्तै निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा रहेको सिभिल क्यापिटललाई कम्पनीएल १ लाख रुपैयाँ सेवा शुल्क दिने छ ।

रेटिङ विवरण 

यस विवरण पत्र अनुृसार सर्वसाधारणलाई निष्कासन गरीने शेयरको लागी “क्रेडिट रेटिङ नियमावली, २०६८” को नियम ३ मा भएको व्यवस्था वमोजिम नेपाल धितोपत्र वोर्डवाट अनुमती प्राप्त क्रेडिट रेटिङ संस्था इक्रा नेपाल लि. डिल्लीवजार, काठमाण्डौ वाट क्रेडिट रेटिङ गराई २६ अगष्ट २०२० मा कमजोर आधारहरु (Moderate risk of default regarding timely servicing of financial obligations.) जनाउने [ICRANP-IR] BB-  ग्रेडिङ्ग प्राप्त गरेको छ ।

आयोजनाको अन्य विवरण 

श्रोत नदी ः ताँदी तथा चाक्केखोला पानी ।

आयोनाको किसिम ः रन अफ रिभर

विद्युत उत्पादन अनुमति प्राप्त मिति ः २०६९÷१२÷२७ 

विद्युत उत्पादन अनुमति वहाल रहने मिति ः २१०४÷१२÷२६

 जडित क्षमता ः ४.९९३ मे.वा

आयोजनाको कुल लागत ः रु. १,१९०,०००,००० एक अर्व उन्नाईस करोड  ।

आयोजनाको प्रति मेगावाट लागत ः रु. २३.८ करोड मात्र ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ः५.४९ वर्ष

आयोजनाको डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ः ८.५८ वर्ष

आयोजना सम्पन्न गरि सक्नु पर्ने मिति : अक्टोवर ०१, २०२१ (आश्विन १५, २०७८) 

नोट: यो विवरणपत्र कम्पनीले उपलब्ध गराएको विवरणपत्र को आधारमा तयार पारिएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved