नेपाल स्टक एक्सचेन्ज नेप्सेमा अरुण भ्याली हाइड्रोपावर Arun Valley Hydropower Development Company को शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।
समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५२३ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५७५ रुपैयाँ थियो । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज असोज ११ मा बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो । असोज १० गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।
त्यस्तै कम्पनीले हकप्रद पनि प्रस्ताव गरेको छ । कम्पनीले बोनस शेयर बितरण गरेपश्चात कायम हुने चुक्ता पुंजीको १:०.५ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि कम्पनीको हकप्रद प्रस्ताव अगाडी बढ्ने छ । कम्पनीको हकप्रदलै विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डले पनि अनुमति दिनु पर्ने हुन्छ ।