नेप्सेमा नबिलका २ म्युचुअल फण्डको इकाई मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2021 | 08:36:00 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नबिल इन्भेष्टमेन्ट बैंकिङ Nabil Investment Banking  ले संचालन गरेका २ वटा सामुहिक लगानी कोष  योजनाको इकाई मूल्य समायोजन भएको छ।   नबिल इक्विटी फण्ड र  नबिल ब्यालेन्सड फण्ड २ को इकाई मूल्य समायोजन भएको हो ।

यी २ म्युचुअल फण्डले लाभांश वितरणको लागि आज बुक क्लोज गरेकोले आज मूल्य समायोजन भएको हो । समायोजनपछि नबिल इक्विटी फण्डको इकाई मूल्य ११.५४ रुपैयाँ कायम भएको हो । समायोजन अघि यस फण्डको इकाई मूल्य १५.५४ रुपैयाँ रहेको थियो । फण्डले वितरण गर्ने ४० प्रतिशत लाभांशमा मूल्य समायोजन भएको हो । 

त्यस्तै समायोजनपछि नबिल ब्यालेन्सड फण्ड २ को इकाई मूल्य ११.०४ रुपैयाँ कायम भएको हो । समायोजन अघि यस फण्डको इकाई मूल्य १४.५४ रुपैयाँ रहेको थियो । फण्डले वितरण गर्ने ३५ प्रतिशत लाभांशमा मूल्य समायोजन भएको हो । 

 लाभांश वितरणको लागि असोज ११ गते बुक क्लोज गरिएकोले असोज १० गतेसम्म कायम इकाईधनीले नबिल इक्विटी फण्ड र  नबिल ब्यालेन्सड फण्ड २ को लाभांश पाउँन सक्ने छन् । आर्थिक वर्ष ७७/७८ को नबिल इक्विटी फण्डले कर सहित ४० प्रतिशतले हुन आउने ५० करोड  बराबरको नगद लाभांश वितरण गर्ने छ । त्यस्तै  नबिल ब्यालेन्सड फण्ड २ ले कर सहित ३५ प्रतिशतले हुन आउने ३९ करोड २० लाख बराबरको नगद लाभांश वितरण गर्ने छ ।

यो दुवै योजना नबिल म्युचुअल फण्ड अन्तर्गत संचलित योजना हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved