अम्बिका पौडेलको प्रश्न 'किन हुदै छ पुँजीबजारमा चौतर्फी आक्रमण'?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2021 | 12:21:30 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर विश्लेषक अम्बिका पौडेलले पुँजी बजारमा किन चौतर्फी आक्रमण भईरहेको छ भन्दै प्रश्न गरेका छन्। विद्युत नियमन आयोगले गरेको संस्थागत लगानीकर्ताको बारेमा गरेको ब्यबस्था प्रति आपत्ति जनाउदै उनले विद्युत नियमन आयोगले कस्को हित गर्ने उदेश्यले यस्तो नियम ल्याएको खोजि हुनु पर्ने बताएका छन् । 

आयोगले संगठित संस्थाले आफुसंग भएको शेयर बिक्री गर्नु परे १५ दिन अगावै सार्वजनिक सूचना जारी गर्नु पर्ने ब्यबस्था गरेको छ । आयोगले 'विद्युतसम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८' स्वीकृत गर्दै यस्तो ब्यबस्था गरेको हो ।

आयोगको असोज ६ गतेको बैठकले स्वीकृत गरेको निर्देशिका अनुसार सूचीकृत कम्पनीको शेयरधनी मध्ये कुनै शेयरधनी संगठित संस्था भएमा त्यस्तो संगठित संस्थाले आफुसंग रहेको शेयर खरिदबिक्री गर्नु पर्दा पन्ध्र दिन अगावै सोको विवरण सर्वसाधारणको जानकारीको लागि सार्वजनिक गरी आयोगमा जानकारी समेत दिनु पर्नेछ । संगठित संस्था भन्नाले प्रचलित कानुन बमोजिम स्थापना वा दर्ता भएको कम्पनी वा संस्थान वा निगम जस्ता कानुनी व्यक्ति सम्झनु पर्ने उल्लेख छ।

आयोगले गरेको यहि ब्यबस्था प्रति अशन्तुष्टी जनाउदै पौडेलले भनेका छन् 'कस्को सल्लाहमा कसरी बन्दछन् यस्ता नियमहरु त्यो त थाहा भएन। यदि कसैले बुझेरै राखेको (जसरी नी बजार घटाउनै पर्छ भन्ने सिद्धान्त) हो भने  आजै देखि पुँजी बजारका संस्थागत लगानीकर्ताहरुले कारोवार बन्द गरेकै राम्रो। किन हुँदै छ चौतर्फी आक्रमण पूँजी बजारलाई ? कस्को हित गर्ने उदेश्यले आउछन हाेला यस्ता नियम ? "सस्थागत लगानीकर्ता बिनाको पूँजी बजार मरुभूमिको  धान खेती हो"। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved