नेप्सेमा डिप्रोक्स लघुवित्तको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2021 | 07:43:10 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा डिप्रोक्स लघुवित्त Deprosc Laghubitta Bittiya Sanstha  को शेयर मूल्य समायोजन भएको छ ।  कम्पनीको २० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।  

समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १३८८.४२ रुपैयाँ कायम भएको छ ।   समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १६६६.१० रुपैयाँ थियो ।   

कम्पनीले साधारणसभा प्रयोजनको लागि आज असोज १२ देखि असोज २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो । असोज ११ गतेसम्म कायम सेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन तथा डिप्रोक्सले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न सक्नेछन्।  

कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको २० प्रतिशतले हुन आउने २३  करोड १२ लाख ४९ हजार ७ सय २२ रुपैयाँ १४ पैसा बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.०५३ प्रतिशतले हुन आउने १ करोड २१ लाख ७५ हजार २ सय ९७ रुपैयाँ ८७ पैसा नगद लाभांश बितरणको प्रस्ताव गरेको छ  । कम्पनीले कुल २१.०५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो  ।   कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब १५ करोड ६२ लाख ४८ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले असोज २३ गते साधारणसभा आह्वान गरेको छ । सभामा आर्थिक बर्ष २०७७-०७८ को बार्षिक सेयर प्रतिवेदन स्वीकृत गर्ने, साधारण सेयरधनीहरुबाट तीन जना संचालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु मुख्य एजेन्डाका रुपमा रहेका छन्।

त्यस्तै बिशेष प्रस्तावमा नाडेप लघुवित्तसँगको मर्जर प्रकृया डीमर्ज गर्ने समेत रहेको छ। सेयर संरचना र कर्मचारीको पद समायोजनको बिषयमा असहमति भएकाले नाडेपसँगको मर्जर प्रकृया अगाडी नबढेको र मर्जर गर्न पनि नसकिने भएकाले यो बिषय राष्ट्र बैंकलाई जानकारी गराई सकिएकाले अहिलेसम्म भए गरेका कामलाई अनुमोदन गर्ने र अहिलेसम्मका काम नियमन निकायहरुको निर्देशन अनुसार गराउनलाई संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत एजेन्डामा राखिएको छ। 

त्यस्तै अन्य लघुवित्त वित्तीय सँस्थासँग मर्जर तथा प्राप्ति गर्नलाई आवश्यक सम्पूर्ण प्रकृया अगाडी बढाउँनलाई पनि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने बिषय समेत एजेन्डामा राखिएको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved