२० गतेदेखि सर्वसाधारणलाई मध्य भोटेकोशीको आईपिओ, ८ लाख १९ हजार आवेदकले शेयर पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2021 | 12:49:09 PM मा प्रकाशित

laxmi  sunrise bank

मध्य भोटेकोशी जलविद्युत कम्पनीले सर्बसाधारणलाई असोज २० गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्बसाधारणलाई ९० लाख कित्ता शेयर निष्काशन गर्ने भएको हो  

९० लाख कित्ता मध्ये ३ लाख ६० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्काशन हुने शेयरको ४ प्रतिशत शेयर कम्पनीका कर्मचारीहरुलाई छुट्याईएको छ । त्यस्तै ४ लाख ५० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्कासन हुने शेयरको ५ प्रतिशत शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ। बाँकी रहेको ८ लाख ८१ लाख ९० हजार कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन हुने छ । यस आईपिओमा सर्बसाधारणले असोज २० गतेदेखि असोज २५ गतेसम्म आवेदन दिन सक्ने छन् । सो अवधिसम्ममा आवेदन नपरे कार्तिक ७ गतेसम्म आवेदन दिन सकिने छ 

आईपिओमा माग भन्दा बढीको आवेदन पर्ने भएकोले यो आईपिओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने देखिन्छ । यस हिसाबमा गोलाप्रथाबाट ८ लाख १९ हजार जनाले मात्र १० कित्ताको दरले शेयर पाउने छन् । शेयर निष्काशनको लागि  ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

  कम्पनीले यस अघि नै सिन्धुपाल्चोकका स्थानीय, संचय कोषका संचयकर्ता, कम्पनीको संस्थापक कम्पनीका कर्मचारी, र ऋणदाता कम्पनीका कर्मचारीको लागि शेयर निष्काशन गरि बाँडफांड समेत गरिसकेको छ। उनीहरुले सर्बसाधारणलाई निष्काशन हुने शेयरमा आवेदन दिन पाउने छैनन्  । यदि आवेदन दिएमा रद्द हुने छ  । 

 कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाटको मध्यभोटेकोशी आयोजना निर्माण गरिरहेको छ  । आयोजनाको निर्माण ७० प्रतिशत सकिएको कम्पनीले जनाएको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved