७० अंकले घट्यो नेप्से सूचक, १७३ कम्पनीको मूल्यमा गिरावट

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 28, 2021 | 03:30:36 PM मा प्रकाशित

laxmi bank

मंगलबार शेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट आएको छ । आज नेप्से सूचक २.६१ प्रतिशत अर्थात् ७०.०१ अंकले घटेर २६१५.४० को बिन्दुमा पुगेर रोकिएको छ । 

आज कारोबारमा आएका २१८ कम्पनीका १ करोड ३० लाख ३४ हजार ८ सय २८ कित्ता शेयर खरिद बिक्रिबाट ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १ सय ७८ रुपैयाँ ५७ पैसाको कारोबार भएको छ । 

जस मध्ये कुमारी बैंकको सबैभन्दा धेरै १८ करोड ८२ लाख बराबरको कारोबार भएको छ । त्यस्तै हिमालयन डिस्टिलरीको १७ करोड ३८ लाख, नेशनल हाइड्रोको १५ करोड ४८ लाख बराबरको कारोबार भएको छ । 

आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन् । जस मध्ये फाइनान्स समुह सबैभन्दा धेरै ७.३७ प्रतिशत र हाइड्रो समुह ४.७४ प्रतिशतले घटेको छ । आज मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने मैलुङ खोलाको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै मेगा बैंकको शेयर मूल्य १.९७ प्रतिशतले बढेको छ । 

आज हिमालयन पावर पार्टनर र नेपाल हाइड्रो डेभलपरको शेयर मूल्य १० प्रतिशत तथा गुर्खाज फाइनान्सको शेयर मूल्य ९.९९ प्रतिशत र जोशी हाइड्रो ९.८८ प्रतिशतले घटेको छ । आज कारोबारमा आएका मध्ये १७३ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको मूल्य मात्र बढेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved