एनआईसी एशिया क्यापिटलको ‘महा–शेयर लगानी महोत्सव’ योजना, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2021 | 06:02:11 PM मा प्रकाशित

laxmi  sunrise bank

चाँडपर्व तथा शेयर बजारमा आउने लगानीको अवसरलाई लक्षित गर्दै एनआईसी एशिया क्यापिटल NIC Asia Capital ले महा–शेयर लगानी महोत्सव योजना ल्याएको छ । 

यो योजना अन्तर्गत धितोपत्र तथा मुद्रा बजारमा उपलब्ध हुने उपकरणहरुलाई एक मुष्ट (अल इन वान, वान फर अल) लगानी गर्न सकनिेछ । योजना अन्तर्गत लगानी व्यवस्थापन सेवा लिने ग्राहकहरुले यो सेवा निःशुल्क रुपमा प्राप्त गर्नेछन् ।

एन आई सी एशिया क्यापिटलको महा–शेयर लगानी महोत्सव योजना अन्तर्गतका छुटहरुः

पहिलो वर्ष निःशुल्क लगानी व्यवस्थापन सेवा ।

वार्षिक तथा अर्ध वार्षिक रुपमा मुनाफा निःशुल्क निकाल्न सकिने । 

दोश्रो वर्ष देखि एक्जिट शुल्क नलाग्ने ।

एउटै परिवारका तीन जना सदस्यसम्मका लागि पहिलो वर्ष निःशुल्क रुपमा डिम्याट तथा मेरो शेयर खाता ।

लगानी व्यवस्थापन सेवाग्राहीहरुलाई निःशुल्क रुपमा आईपीओमा आवेदन गरिदिने सेवा ।

रु.३ लाख देखि रु.५ लाख सम्मको दुर्घटना बीमा ।

यस योजना अन्तर्गत लगानी व्यवस्थापन सेवा, म्युचुअल फण्ड र इन्कम ग्यारेन्टेड फण्डलाई एक मुष्ट गरेर समेत सेवा प्राप्त गर्ने ।

एन आई सी एशिया क्यापिटलले बजारमा आउने उतार चडावलाई मध्ये नजर गर्दै लगानीमा हुने जोखिम न्यूनिकरण गर्नका लागि सिस्टमेटिक इन्भेष्टमेन्छ प्लान सेवा प्रदान गर्ने । 

यो छुट योजना २०७८ साल कार्तिक मसान्त सम्म मात्र लागु हुनेछ कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved