हकप्रद निष्काशनको लागि नेपाल फाइनान्सले चयन गर्यो बिक्रि प्रबन्धक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2021 | 03:31:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल फाइनान्स लिमिटेड Nepal Finance  ले हकप्रद निष्काशन गर्नका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौतामा नेपाल फाइनान्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् । 

फाइनान्सले हाल कायम चुक्ता पूँजी रु. ४९ करोड ३४ लाख ९६ हजार ३ सय २५ को ७० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको हो । १ कित्ता बराबर ०.७० कित्ता हकप्रद निश्कासन गरेपछि फाइनान्सको चुक्ता पूँजी ८३ करोड ८९ लाख ४३ हजार ७ सय ५२ रुपैयाँ ५० पैसा पुग्नेछ ।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved