सनराइज क्यापिटलको साधारणसभा आह्वान, ४० प्रतिशत लाभांश प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2021 | 09:27:52 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज क्यापिटल Sunrise Capital ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक १२ गते कमलपोखरी  स्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो। 

कम्पनीको सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  । सनराइज क्यापिटल सनराइज बैंकको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी भएकोले बैंकले यो लाभांश पाउने छ । 

त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र नियामक निकायले थप संशोधनको लागि निर्देशन दिएमा सो को अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved