साहस उर्जाको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2021 | 04:26:36 PM मा प्रकाशित

laxmi  sunrise bank

साहस उर्जा लिमिटेडले आफ्ना शेयरधनीहरुको शेयर दाखिल खारेज लगायतको शेयर सम्बन्धीत सबै काम गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ । आज आइतबार साहस उर्जा र एनआईबिएल एस क्यापिटल विच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको र सोही मितिबाट उक्त सम्झौता लागु हुने समेत जनाइएको छ । 

उक्त सम्झौतामा साहस उर्जा लिमिटेडबाट प्रबन्ध संचालक शुसिल थापा र एनआईबिएल एस क्यापिटलका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

साहस उर्जा लिमिटेड वि. स. २०७० माघ १९ गते प्राइभेट लिमिटेड कम्पनीको रूपमा स्थापित भई  वि. स. २०७१ भाद्र २९ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरित भएको थियो । कम्पनीले निष्काशन गरेको आईपिओ आज बाँडफांड भएको छ। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved