
नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले एफपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले प्रति शेयर ११६ रुपैयाँको दरले ३ लाख २९ हजार ६ सय ४९ कित्ता शेयर निष्काशनको लागि बोर्डमा अनुमति माग गरेको हो ।
कम्पनीले एफपिओ निष्काशनको लागि एनएमबी क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले भदौ ९ गते बोर्डमा आवेदन दिएको हो ।
साविक नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्त मर्ज भएपछिनयाँ सारथी लघुवित्त बनेको हो। साविक सारथी लघुवित्तले मर्जमा जानु अगाडी आईपिओ निष्काशन नगरेकोले संस्थापक र सर्बसाधारण शेयरधनीको शेयर संरचना मिलान गर्न कम्पनीले एफपिओ निष्काशन गर्न लागेको हो । यी दुई कम्पनी १:१ को स्वापमा मर्ज भएका हुन् ।