प्रभु क्यापिटलले डबल धमाका अफर: १ रुपैयाँ मै डिम्याट खाता, साथमा शेयरबजारबारे निशुल्क तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2021 | 08:30:42 AM मा प्रकाशित

laxmi  sunrise bank

बडा दशैं, तिहार तथा छठपर्वको उपलक्ष्यमा प्रभु क्यापिटलले डबल धमाका नामको अफर सञ्चालन गरेको छ ।  यस अफर अन्तर्गत प्रभु क्यापिटलमा दैनिक १ रुपैयाँमा डिम्याट खाता खोल्न सकिने र निःशुल्क शेयर बजार सम्बन्धी विशेषज्ञ तालिम लिन सकिने क्यापिटलले जनाएको छ।

  क्यापिटलमा दैनिक डिम्याट खाता खोल्ने मध्ये भाग्यमानी १० जना ग्राहकहरुलाई यो योजना अन्तरगत छनौट गरिने क्यापिटलएल उल्लेख गरेको छ । यसरी छनौट भएका भाग्यमानी ग्राहकहरुलाई खाता खोलीसके पछि रु. १९९ मा २५ प्रतिशत टिडिएस कट्टि गरी बाँकी रकम ग्राहकको वालेटमा फिर्ता गरिने क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार  दैनिक छनौट भएका १० जना भाग्यमानी ग्राहकहरुलाई प्रत्येक साता शनिबारको दिन पारेर साताभरीबाट छनौट भएका ७० जना ग्राहकहरुलाई शेयर बजारसम्बन्धी आधारभुत तालिम प्रदान गरिदने छ । जसमा नेपालको शेयर बजारसम्बन्धी महत्वपूर्ण जानकारी सहित बेसिक फण्डामेन्ट तथा टेक्निकल विश्लेषण, सेकेण्डरी बजारमा कारोबार गर्दा ध्यान दिनुपर्ने विषय सम्बन्धी विषयवस्तुहरु रहनेछन । यस्तो तालिम २ घण्टा देखि ३ घण्टाको हुनेछ । 

यस योजनामा नयाँ डिम्याट खाता खोल्न चाहने ग्राहकले भौतिक फारम भरेर तथा प्रभु क्यापिटलको वेवसाइटबाट अनलाइनमाध्यमबाट डिम्याट खाताको लागि आवेदन दिनुपर्ने क्यापिटलले जनाएको छ । रकम फिर्ता लिनको लागि ग्राहकले इसेवा, प्रभु पे, आइएमई पे लगायत स्वीकृत प्राप्त कुनै पनि वालेट प्रदान गर्नुपर्ने भनिएको छ । 

क्यापिटलका अनुसार यो योजनाको अवधि असोज १८ गते देखि कार्तिक २५ गते सम्म हुनेछ र यो योजनाको अन्त्यमा योजना अवधिभरी खुलेका सबै डिम्याटहरु मध्येबाट भाग्यमानी २० जनालाई प्रभु क्यापिटलले प्रदान गर्ने पिएमएसको कुनै पनि योजनामा वार्षिक शुल्क निःशुल्क रहनेछ । दैनिक विजेताहरुको सूची १ दिन पछि प्रभु क्यापिटलको फेसबुक पेज तथा भाइबर कम्युनिटीमार्फत सार्वजनिक गरिने क्यापिटलले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved