साधना लघुवित्तको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2021 | 08:59:13 AM मा प्रकाशित

laxmi  sunrise bank

साधना लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक १३ गते शनिवार साधारणसभा आह्वान गरेको हो ।  

सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् ।  कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायाम चुक्ता पुंजीको २५ प्रतिशतले हुन आउने ६ करोड ४२ लाख ४५ हजार १ सय रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.३२ प्रतिशतले हुन आउने ३३ लाख ८१ हजार ३ सय २१ रुपैयाँ ५ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  कम्पनीले कुल २६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीक्जो चुक्ता पुंजी २५ करोड ६९ लाख ८० हजार ४ सय रुपैयाँ रहेको छ । 

त्यस्तै साधारणसभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र नियामक निकायले थप संशोधनको लागि निर्देशन दिएमा सो को अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छ  । त्यस्तै संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने ४ जना संचालकको निर्वाचन गर्ने, मर्जर तथा प्राप्ति समबन्धि निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेश हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक ३ गतेदेखि कार्तिक १३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक २ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved