४ र १२ करोडको सीमा खारेज गर्न फोरमको माग, नेप्से र सेबोनमा तत्काल नयाँ नियुक्ति गर्न आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2021 | 02:44:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टर फोरमले  शेयर धितो कर्जामा लागु गरिएको ४ र १२ करोडको सीमा खारेज गर्न माग गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै फोरमले नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०७८ र एकीकृत निर्देशिकाले शेयर धितो कर्जालाई कुनै एउटा बैंकबाट ४ करोड र ३ बटा बैंकबाट १२ करोडको सिमा तोकेर लगानी गर्ने बातावरणमा निरुत्साहित गरेको कारण उक्त नियम तुरुन्त खारेज गर्न माग गरेको हो। 

त्यस्तै फोरमले नयाँ ब्रोकर संख्याहरू थप गरी वाणिज्य बैंकको सहायक कम्पनीलाई बोकर लाईसेन्स दिई उक्त बैंकहरूको देशभरिको सबै शाखाहरूबाट कारोबार गर्ने सबिधा विस्तार गर्न समेत माग गरेको छ। ब्रोकर मार्फत हुने मार्जिन कर्जा यथाशीघ्र उपलब्ध गराउन पनि फोरमले माग गरेको छ। हालको कारोबार हेर्दा ब्रोकर कमिसन अत्यन्त महङ्गो भएको हुनाले समय सापेक्ष अविलम्ब समायोजन गर्नु पर्ने फोरमको माग छ। पूजीबजारलाई नियमन गर्ने नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लामो समयदेखि निमित्तको भरमा चलिरहेको हुँदा उक्त नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जमा योग्य व्यक्ति अविलम्ब नियुक्ति गरी यथासक्य चाँडो भन्दा चाँडो आम लगानीकर्ताको समस्या समाधान गर्न फोरमले माग गरेको छ।

देशलाई समद्ध बनाउन र शेयर बजारप्रति जनताको निम्ति तथा लगानी सरक्षाको आभाष दिलाई शेयर बजारको विश्वसनीयता बढाउनको निम्ति यी मागहरु यथाशीघ्र सम्बोधन गर्न फोरमले माग गरेको छ। 

विगत लामो समयदेखि निरन्तर रुपमा घटिरहेको पूँजीबजार र त्यसले आम लगानीकर्ताहरूमा पर्न गएको आर्थिक तथा मनोवैज्ञानिक असर प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको फोरमले जनाएको छ ।नेपालको पूंजी बजारको इतिहासमा सबै भन्दा बढि पूंजीकृत रकम रु.८ खर्ब भन्दा बढि गुमाइसक्दा पनि सरकार र यसका अन्य निकायहरू मौन रहनाले ४४ लाख भन्दा बढि लगानीकर्ताहरू अझ बढि मर्माहत भएको फोरमको ठहर छ । 

फोरमले भनेको छ 'मूलकले दशकौको राजनीतिक अन्योललाई पार गर्दै अबका दिनमा मलक आर्थिक विकास र समृद्धिको नयाँ गोरेटोमा प्रवेश गर्नेछ भन्ने नयाँ सरकारको उद्घोषले निकै उत्साहित लगानीकर्ताहरूमा अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको शेयर बजार निरन्तर रुपमा घटिरहनु र जिम्मेवार निकायहरू वेखबर जस्तै रहनुले भनाई र गराईमा फरक रहेको स्पष्ट देखिन्छ। विगतमा जिम्मेवार निकायहरुको अदूरदर्शि नीतिका कारण आज मुलुकले गम्भीर रुपमा लगानी योग्य पूंजी तथा तरलताको अभाव खेपिरहेको छ । सोहि गलत नीतिको कारणले पूँजी बजारमा आपूर्ति बढ्न गएको तर आपूर्तिकै कारणले बजार घटबढ नभई जिम्मेवार निकायहरूको पंजीबजार प्रति हेर्ने दृष्टिकोण र कमजोर प्रविधि, पूर्वाधार तथा लगानीकतामैत्री ऐन कानूनहरू नहुनु नै प्रमुख कारण भएको हाम्रो ठम्याई हो । '

निरन्तर रुपमा घटिरहेको बजारको कारण र सोको निराकरणका विषयमा सम्बन्धित क्षेत्र मौन रहनुले पूजीबजार मार्फत व्यवसायिक क्षेत्रमा प्रवेश गर्न चाहने लाखौ लगानीकताहरू निरुत्साहित भएको फोरमको ठहर रहेको छ । 

पूँजीबजारको विकास र विस्तारको लागि विगतमा उठाईएका मागहरू यथासमयमा सम्बोधन नहनु हाल पूजीबजार निरन्तर घट्नको अर्को कारण भएको फोरमले जनाएको छ । 

आर्थिक समृद्धि अभियानलाई मुर्तरुप दिन आवश्यक पर्ने स्वदेशी पूंजी निर्माणको निर्विकल्प आधार पंजीबजार भएको हुनाले पूँजी बजारको विकास र विस्तारको लागि सरोकारवाला पदाधिकारीहरू तथा निकायहरू अझ बढि गम्भीर हुन र मागहरू समयमा ने सम्बोधन गर्न बाहेक अन्य विकल्प नरहेको फोरमले जनाएको छ । यस्तो विषम परिस्थितिमा लगानीकर्ताहरुलाई संयम र धैर्यता, सुझबुझका साथ लगानी गर्नु हुन फोरमले अनुरोध गरेको छ। 

No photo description available.

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved