पुँजीबजारलाई प्रभाव पारेका नीतिगत व्यवस्थाहरु तत्काल संशोधन गर्न महासंघको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2021 | 07:03:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघले पूंजीबजारको विद्यमान अवस्थाबारे ध्यानाकर्षण भएको जनाएको छ । केही समय यताको नीतिगत अस्थिरताका कारण पुंजीबजारमा उतार चढाव आएको भन्दै महासंघले नीतिगत व्यवस्थाहरुको तत्काल संशोधन एवं परिमार्जन गर्नुपर्ने जनाएको छ। 

मूल्य जस्तो संवेदनशील विषयमा अन्य निकायहरुको हस्तक्षेप हुनु, बैँक तथा वित्तिय र बीमा कम्पनीहरुको लगानी सीमालाई संकुचन गरिनु, शेयर धितो कर्जामा लगाईएको एकल ग्राहक कर्जा सीमा तोक्नु, सूचिकृत कम्पनीले आफ्नो आवश्कता अनुसार हकप्रद तथा अन्य विधिबाट पूँजी संकलन गर्न रोक लगाउनु, विद्युत नियमन आयोगबाट संस्थागत लगानीकर्ताले खरीद बिक्री गर्दा १५ दिन अगाडि नै स्वघोषणा गर्नु पर्ने व्यवस्था जस्ता विभिन्न नीतिगत परिवर्तनको कारण शेयरबजारमा असर परेको महासंघको ठहर रहेको छ ।

शेयर बजार परिसूचक घटबढ हुने क्रममा भदौ पहिलो साता यता समग्रमा पूंजी बजार ओरालो लागेको र यसले आम लगानीकर्तालाई समेत सशंकित बनाएको महासंघले उल्लेख गरेको छ।  

 महासंघले पूंजी बजार सम्बन्धी नीति नियम बनाउंदा सरोकारवालाहरुसंग पनि छलफल र विमर्श गर्न सम्बन्धित सबैमा आग्रह गरेको छ। साथै पुंजी बजारमा जोखिम पनि रहने हुंदा लगानीकर्ताहरुलाई आपूmले कारोबार गर्न खोजेको कम्पनी बारेको वित्तीय लगायतका आवश्यक जानकारी हासिल गरी विवेकपूर्ण लगानी गर्न हुन पनि महासंघले आग्रह गरेको छ। यसैगरी संस्थागत लगानीकर्ताहरुको संख्या विस्तार पनि आवश्यक रहेको महासंघले जनाएको छ ।

बजार व्यवस्थित बनाउन आवश्यक अन्य नीतिगत व्यवस्था, पर्याप्त सूचना प्रवाह हुने संयन्त्रको निर्माण, प्रविधिको उच्चतम प्रयोग र नयां लगानीका साधन एवं उपकरण बढाउन पनि महासंघले सम्बन्धित निकायसमक्ष माग गरेको छ।  पूंजी बजारकोे बिकास एवं प्रवद्र्धनमा नियामक निकाय लगायत अन्य सरोकारवालाको सकारात्मक भूमिका आवश्यक हुने हुदा त्यसपर्तm सबैले योगदान गर्न पनि महासंघले सबैको ध्यानाकर्षण गराएको छ। 

महासंघले भनेको छ 'कोभिड १९ महामारी र त्यसलाई नियन्त्रण गर्न लगाइएको वन्दावन्दीका कारण अर्थतन्त्रमा नकारात्मक असर परेतापनि  नेपालको पूंजी बजार भने यस अवधिमा गतिशील रही पुँजीबजारको इतिहासमा सर्बाधिक राजस्वसमेत प्रदान गर्न सफल रह्यो भने आम लगानीकर्ताको पुँजी बजारप्रतिको विस्वास बढायो जुन अर्थतन्त्रका लागि सकारात्मक पक्ष हो । बजारमा प्रविधिको प्रयोग र बैंक वित्तिय संस्थामा अधिक तरलता रहंदा धेरै लगानीकर्ताले अवसर पाए । अहिले डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या नै करिब ४५ लाख नाघ्नुले यसतर्पmको आकर्षण बढ्दै गएको देखाउंछ ।' 
May be an image of text

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved