अभियान लघुवित्तको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2021 | 09:32:54 AM मा प्रकाशित

laxmi  sunrise bank

अभियान लघुवित्तले साधारणसभा आह्वान गरेको छ ।  कम्पनीले कार्तिक १३ गते शनिवार भर्चुअल माध्यमबाट सभा गर्न लागेको हो ।

कम्पनीको सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र नियामक निकायले थप संशोधनको लागि निर्देशन दिएमा सो को अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छ  ।

त्यस्तै सभामा सर्बसाधारणलाई छुट्याईएको शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पेश हुने छ ।  विशेष प्रस्ताव अन्तर्गत नै एक आपसमा मर्जर तथा प्राप्तिमा जाने निर्णय गर्ने, सम्झौता गर्ने, डिडिए गर्ने लगायतका सम्पूर्ण कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ ।  

 हाल कम्पनीको चुक्ता पुंजी १५ करोड २५ लाख रहेको छ भने अधिकृत पुंजी ३० करोड रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved