ऋण तिर्नको लागि भन्दै फेरि हकप्रद निष्काशन गर्ने छ्याङदी हाइड्रोको प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2021 | 10:40:53 AM मा प्रकाशित

laxmi  sunrise bank

छ्याङदी हाइड्रो Chhyangdi Hydropower Company  ले फेरी हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले ४० प्रतिशत हकप्रद निष्काशन गर्ने र त्यसको लागि पूर्व स्वीकृतिको लागि विद्युत नियमन आयोगमा लेखि पठाउने निर्णय गरेको हो  । 

हाल कम्पनीले ३० प्रतिशत हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ  । कम्पनीले बोर्डबाट हकप्रद निष्काशनको लागि अनुमति पाईसकेको छैन  । तर ३० प्रतिशत हकप्रदको लागि अनुमति नै नपाई कम्पनीले फेरी हकप्रद निष्काशन प्रस्ताव गरेको हो  । 

कम्पनीले ३० प्रतिशत हकप्रद निष्काशन पश्चात हुने चुक्ता पुंजी ३८ करोड ६९ लाखको ४० प्रतिशतले हुन आउने हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो  । दोस्रो हकप्रद पश्चात कम्पनीको चुक्ता पुंजी ५४ करोड १७ लाख पुग्ने छ  । 

कम्पनीले ऋण तिर्नको लागि हकप्रद निष्काशन गर्ने उल्लेख गरेको छ  ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved