माछापुच्छ्रे कृति क्यापिटलको साधारणसभा आह्वान: नाम फेर्ने प्रस्ताव, १३ प्रतिशत लाभांश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2021 | 08:49:29 AM मा प्रकाशित

laxmi  sunrise bank

 माछापुच्छ्रे कृति क्यापिटलले साधारणसभा आह्वान गरेको छ  । कम्पनीले कार्तिक १० गते बुधबार सभा आह्वान गरेको हो  । सभामा कम्पनीको नाम फेर्ने, लाभांश वितरण गर्ने लगायतका प्रस्ताव पारित हुने छन्  । कम्पनीले कुल १३.४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सभामा सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७७/७८ को नाफा तथा नोक्सान हिसाब र सोही अवधिको नाफा नोक्सान बाँडफाँड तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने , संचालक समितिले प्रस्ताव गरे बमोजिम रु. १,७१,२७,००० (अक्षेरेपिः एक करोड एकहत्तर लाख सत्ताइस हजार रुपैयाँ) अर्थात चुक्ता पूँजीको ६.४% का दरले नगद लाभांश (नगद लाभांश तथा बोनश शेयरमा लाग्ने लाभांश कर सहित) प्रदान गर्न स्वीकृत गर्ने र संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ (एक) जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पेश हुने छन् ।

त्यस्तै विशेष प्रस्ताव अन्तर्गत संचालक समितिले प्रस्ताव गरे बमोजिम रु. १,८७,३२,३०० (अक्षेरेपिः एक करोड सतासी लाख बत्तीस हजार तीन सय रुपैयाँ) अर्थात चुक्ता पूँजीको ७% प्रतिशतका दरले बोनश शेयर वितरण गर्ने सम्वन्धी प्रस्ताव स्वीकृत गर्ने, बोनश शेयर बितरण गर्दा आउने भिन्न अङ्क लाई नजिकको पूर्ण अङ्कमा मिलान गर्ने, बोनश शेयर वितरण पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी बृद्धि हुने भएकोले कम्पनीको वर्तमान जारी पूँजी रु. ३१ करोड ४८ लाख ३२ हजार वाट बृद्धि गरी रु. ३३ करोड ६८ लाख ७० हजार र चुक्ता पूँजी रु. २६ करोड ७६ लाख ७ हजार २ सय बाट बृद्धि गरी रु. २८ करोड ६३ लाख ३९ हजार ५ सय पुऱ्याउने सम्बन्धी प्रस्ताव पारित गर्ने प्रस्ताव पेश हुने छ ।

त्यस्तै मर्चेन्ट बैंकिंग एसोसिएसन अफ नेपालको संयोजकत्वमा गरिएको खर्च कम्पनी ऐन, २०६३ को दफा १०५ को उपदफा १(ग) बमोजिम अनुमोदन गर्ने ,  प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनमा नियमनकारी निकायले संशोधन, परिवर्तन वा थप/घट गर्न सुझाव वा निर्देशन दिएमा सो अनुसार आवश्यक संशोधन, परिवर्तन वा थप/घट गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पेश हुने छ ।  

कम्पनीले कम्पनीको नाम परिवर्तन गरी “कम्पनीको नाम “माछापुच्छे क्यापिटल लिमिटेड" राख्ने प्रस्ताव गरेको छ । यसलाई अंग्रेजीमा "Machhapuchchhre Capital Limited" भनिने र छोटकरीमा MCL भनिने प्रस्तावमा उल्लेख छ। माछापुच्छ्रे क्यापिटलले ९ महिना अगाडी कृति क्यापिटललाई गाभेर माछापुच्छ्रे कृति क्यापिटलको नाममा कारोबार सुरु गरेको थियो । अब भने कम्पनीको नाम माछापुच्छ्रे क्यापिटल मात्र रहने गरि प्रस्ताव गरिएको हो ।

त्यस्तै सभामा सञ्चालक समितिको अध्यक्ष र सदस्यको बैठक भत्ता तथा भ्रमण भत्ता बद्धि गर्ने, संचालक समिति, बिशेष तथा बार्षिक साधारण सभाको बैठक भौतिक तथा भर्चुअल माध्यमवाट समेत गर्न सकिने व्यवस्था कायम गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved