आज शेयर कारोबार नहुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 07, 2021 | 08:28:16 AM मा प्रकाशित

laxmi  sunrise bank

आज असोज २१ गते शेयर कारोबार बन्द रहने भएको छ । सरकारले आज सार्वजनिक विदा दिने निर्णय गरेकोले शेयर कारोबार पनि बन्द रहने भएको हो ।

सरकारले आज घटस्थापनाको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । घटस्थापना दशैको पहिलो दिन हो  । यस संगै प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

दशैँ सुरु भएकोले अब असोज महिनामा अब ३ दिन मात्र  शेयर कारोबार हुने छ  । अब असोज २४ गते २५ गते तथा असोज ३१ गते शेयर कारोबार हुने छ  । सरकारले दशैँको लागि घटस्थापनाको दिन र असोज २६ गते मंगलबार फूलपातीको दिन देखि असोज ३० गते शनिवार एकादशीको दिनसम्म मात्र विदा दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved