एचआईडिसीएलको लिलामीको शेयरमा संस्थापकतर्फ आवेदन परेन, साधारणतर्फ कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 07, 2021 | 10:38:49 AM मा प्रकाशित

laxmi  sunrise bank

हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ( एचआईडिसीएल) ले लिलाममा ल्याएको शेयरमा संस्थापक समुहतर्फ कुनै पनि आवेदन परेको छैन । बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले संस्थापक शेयरधनी समुहतर्फ कुनै पनि आवेदन नपरेको जनाएको हो । 

संस्थापक समुहतर्फ आवेदन दिनको लागि न्युनतम १ करोड कित्ताको लागि आवेदन दिनु पर्ने ब्यबस्था गरिएको छ । कम्पनीको प्रबन्धपत्र र नियमावलीमा ब्यबस्था अनुसार नै न्युनतम १ करोड कित्ताको लागि आवेदन दिनु पर्ने ब्यबस्था गरिएको कम्पनीले जनाएको छ । 

साधारण शेयरधनी समुहतर्फ भने करिब ४८ सय वटा आवेदन दिएको क्यापिटलले जनाएको छ ।  क्यापिटलले असोज २२ गते शुक्रबार बिहान ८ बजेदेखि क्यापिटल कै कार्यालयमा शिलबन्दी बोलपत्र खोल्ने तयारी गरेको छ। 

कम्पनीले असोज ७ गतेदेखि असोज १४ गतेसम्म हकप्रदमा अवितरित शेयर लिलाममा ल्याएको हो ।  कम्पनीले साउन ४ गतेदेखि १:१ को अनुपातमा शत प्रतिशत हकप्रद बिक्री खुला गर्दा अवितरित हकप्रद सेयर अहिले लिलाम बढाबढ मार्फत बिक्रि भएको हो। कम्पनीले  संस्थापक तर्फ ३ करोड ३० लाख कित्ता र सर्वसाधारण समुहतर्फ ३२ लाख २९ हजार ७२४ कित्ता सेयर गरि कुल ३ करोड ६२ लाख २९ हजार ७ सय २४ कित्ता शेयर लिलाममा ल्याएको हो। 

 एचआईडिसीएल ले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात १:१ को अनुपातमा ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्काशन  गरेको हो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved