नेप्सेमा सिटिजन्स बैंकको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2021 | 07:48:10 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिटिजन्स बैंक Citizens Bank International Limited को शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज असोज २२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो । 

कम्पनीको १२.९१३ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समयोजनपछि कम्पनीको शेयर मूल्य प्रति शेयर ३५२  रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति शेयर ३९८ रुपैयाँ रहेको थियो । 

 कम्पनीले साधारणसभा प्रयोजनको लागि आज असोज २२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेकोले असोज २० गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

बैंकले आर्थिक वर्ष २०७७–७८ मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १२.९१३ प्रतिशतका दरले हुन आउने रु. १,६२४,०५०,८९१.१० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने र ३.०८७ प्रतिशतका दरले हुन आउने रु. ३८८,२५६,८०७.२४ रुपैयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) गरी १६ प्रतिशतले हुन आउने कुल रु २०१,२३,०७,६९८.३४ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल बैंकको चुक्ता पुंजी १२ अर्व ५७ करोड रहेको छ । 

बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved