हिमालय उर्जा विकास कम्पनीको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2021 | 08:15:30 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालय उर्जा विकास कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक २४ गते बुधबार एकसाथ २० औ र २१ औ साधारणसभा गर्न लागेको हो । कम्पनीले भर्चुअल माध्यमबाट सभा संचालन हुने जनाएको छ ।

कम्पनीको सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/०७७ र आ.व.२०७७/०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृत गर्ने , लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व २०७६/०७७ र आ.व.२०७७/०७८ को वासलात, नाफा-नोक्सान हिसाव र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु छलफल तथा स्वीकृत गर्ने प्रस्ताव पेश हुने छ।

त्यस्तै कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व.२०७८/२०७९ को लेखा परिक्षण गर्नको लागि लेखा परिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमीक निर्धारण गर्ने प्रस्ताव पेश हुने छ। कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक ९ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक ८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved