नेपालमा डिम्याट खाताको संख्या ४५ लाख नाघ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2021 | 12:49:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा डिम्याट खाताको संख्या ४५ लाख नाघेको छ । सिडीएस एण्ड क्लियरिङको तथ्यांक अनुसार आज असोज २२ गते शुक्रबारसम्म डिम्याट खाताको संख्या ४५ लाख १६ हजार ३६ पुगेको छ । 

भदौ र असोज महिनाको अवधिमा नेपालमा ५ लाख डिम्याट खाता थपिएका हुन् ।  २ महिना मै ५ लाख डिम्याट खाता थपिएपछि यो वर्षमा अघिल्लो वर्षको रेकर्ड तोडिने निश्चित जस्तै भएको छ । 

आर्थिक वर्ष ७७/७८ मा कुल २० लाख ३१ हजार ६ वटा डिम्याट खाता खुलेका थिए। आर्थिक वर्ष ७६/७७ मा कुल १ लाख ८१ हजार ६३ वटा डिम्याट खाता खुलेका थिए ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved