साढे १५ लाख बढीले भरे मध्य भोटेकोशीको आईपिओ, कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2021 | 03:51:58 PM मा प्रकाशित

laxmi  sunrise bank

मध्य भोटेकोशी जलविद्युत कम्पनीले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओमा हालसम्म साढे २ गुणा बढीको आवेदन परेको छ। शुक्रबार मध्यान्हसम्म आईपीओमा १५ लाख ६२ हजार १ सय ८० जना आवेदकबाट २ करोड ३५ लाख ९२ हजार २ सय ९० कित्ताको लागि आवेदन परेको हो । यो माग गरिएभन्दा २.८८ गुणा बढी हो । 

कम्पनीले सर्बसाधारणलाई ९० लाख कित्ता शेयर निष्काशन गरेको हो  ९० लाख कित्ता मध्ये ३ लाख ६० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्काशन हुने शेयरको ४ प्रतिशत शेयर कम्पनीका कर्मचारीहरुलाई छुट्याईएको छ । त्यस्तै ४ लाख ५० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्कासन हुने शेयरको ५ प्रतिशत शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ। बाँकी रहेको ८१ लाख ९० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । यस आईपिओमा सर्बसाधारणले असोज २० गतेदेखि असोज २५ गतेसम्म आवेदन दिन सक्ने छन् 

माग भन्दा बढीको आवेदन परिसकेकोले यो आईपिओ गोलाप्रथाबाट नै बाँडफांड हुने छ । यस हिसाबमा गोलाप्रथाबाट ८ लाख १९ हजार जना आवेदकले १० कित्ताको दरले यो आईपिओ पाउने छन् । 

 कम्पनीले यस अघि नै सिन्धुपाल्चोकका स्थानीय, संचय कोषका संचयकर्ता, कम्पनीको संस्थापक कम्पनीका कर्मचारी, र ऋणदाता कम्पनीका कर्मचारीको लागि शेयर निष्काशन गरि बाँडफांड समेत गरिसकेको छ। उनीहरुले सर्बसाधारणलाई निष्काशन हुने शेयरमा आवेदन दिन पाउने छैनन्  । यदि आवेदन दिएमा रद्द हुने छ  । 

कम्पनी परिचय 

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड प्रचलित कानुन बमोजिम २०६७ साल श्रावण १३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो । यस कम्पनीको जलविद्युत आयोजना सिन्धुपाल्चोक जिल्लाको साविक गाति (बाह्बिसे न.पा. ५) र मार्मिङ गा.वि.स. (भोटेकोशी गा.पा. ५) मा रहेको छ । यस कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौ जिल्ला का.म.न.पा.वडा नं.३, महाराजगंज, काठमाडौंमा रहेकोछ ।  कम्पनीले सिन्धुपाल्चोक जिल्लामा मध्य भोटेकोशी जलविद्युत आयोजना (१०२ मे.वा.) निर्माण गरिरहेको छ । आयोजनाको निर्माण कार्य मिति २०७० माघ २८ बाट प्रारम्भ भएको र सिन्धुपाल्चोक जिल्लामा पर्ने भोटेकोशी नदी विद्युत उत्पादनको लागि आवश्यक प्रमुख जलस्रोतको रुपमा रहेको छ ।

यो पनि : मध्य भोटेकोशी आईपिओ रिभ्यु : बिजुली बेचेर यसै वर्ष १ अर्ब र अर्को वर्ष झन्डै ३ अर्ब कमाउने लक्ष्य

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved