शिवम् सिमेन्टले घोषणा गर्यो अहिलेसम्मकै उच्च लाभांश, बुक क्लोज र एजिएम मिति घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2021 | 12:30:03 PM मा प्रकाशित

laxmi  sunrise bank

शिवम शिमेंटले अहिलेसम्मकै उच्च लाभांश घोषण गरेको छ। कम्पनीले गत आर्थिक बर्षको कमाईबाट २९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो। 

कम्पनीको असोज २२ गते बसेको संचालक समितिको ९२ औं बैठकले गत आर्थिक बर्षबाट दिने लाभांश प्रस्ताव गरेको हो। 

उक्त लाभांश प्रस्ताव कम्पनीको आगामी बार्षिक साधारणसभाले पारित गरे पश्चात सेयरधनिहरुमा वितरण हुनेछ। लाभांश अनुमोदनका लागि कम्पनीले आवश्यक परे भर्चुअल मार्फत समेत गर्न सक्ने गरि कात्तिक १६ गतेका लागि बार्षिक साधारणसभा डाकेको छ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ८ गतेको लागि बुक क्लोज मिति तय गरेको छ। कात्तिक ७ गतेसम्म कायम सेयरधनीहरुले साधारणसभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन।    

नगद लाभांश बापत कम्पनीले १ अर्ब २७ करोड ६० लाख रुपैयाँ वितरण गर्ने छ। कम्पनीले आफ्नो चुक्ता पुंजी ४ अर्ब ४० करोडको २९ प्रतिशतले हुन आउने उक्त रकम बराबरको नगद लाभांश प्रस्ताव गरेको हो।  कम्पनीले गत आर्थिक बर्षबाट प्रस्ताव गरेको लाभांश अहिलेसम्मकै उच्च हो। 

यसअघि शिवम सिमेन्टले २४.२१ प्रतिशतसम्म लाभांश वितरण गरेको थियो। कम्पनीले गत आर्थिक वर्ष एक अर्ब ३९ करोड रुपैयाँ नाफा गरेको थियो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved