नयाँ सेयर लगानिकर्ताका लागि नबिल इन्भेष्टमेन्टको बिशेष योजना, प्रतिफलको ग्यारेन्टी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2021 | 07:23:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले शेयर बजारमा प्रवेश गर्न चाहने नव लगानीकर्ताहरुलाई लक्षित गरी नयाँ लगानी ब्यबस्थापक योजना ल्याएको छ। कम्पनीले दशैँको अवसर पारेर यो योजना ल्याएको हो  ।

 घटीमा ९ लाख रुपैयाँबाट नवप्रवेशी लगानी व्यवस्थापन सेवा सुरु गर्न सकिने कम्पनीले जनाएको छ । यस अन्तर्गत प्रथम ९ महिनाको लागि बार्षिक सेवा शुल्क वापतको रकम निःशुल्क गर्नुका साथै बाँकी अवधिका लागि वार्षिक सेवा शुल्क वापत मात्र ०.९ प्रतिशत लिईने कम्पनीले जनाएको छ  । कम्पनीका अनुसार यस योजनामा  ९.०९% को सुनिश्चित प्रतिफल प्राप्त गर्न सकिने छ।

कम्पनीका अनुसार यस्तो सेवा प्राप्त गरेवापत लगानी रकमको ९ प्रतिशतसम्म फाईदा भएमा सो भन्दा माथिको नाफामा ९ प्रतिशतका दरले पर्फमेन्स शुल्क   कम्पनीले लगाउनेछ । घटीमा ३ वर्षको लागि लकिंग हुने यस्तो रकम सेवा प्राप्त गर्दा गर्दै सेवा ग्राहीलाई बिचैमा रकम झिक्नु पर्ने अवस्था आएमा ०.९ प्रतिशतले नै हुन आउने शुल्क तिरी बाहिरीन सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले आफ्नो फाईदा रकम जुनसुकै वेला बिना कुनै शुल्क झिक्नसक्ने छन् । 

नवरात्रीको अवसर पारेर लगानीदेखि मुनाफासम्म सबै ९ प्रतिशत देखि ०.९ प्रतिशतसम्मको शुल्क निर्धारण गरेको यो सेवा नवलगानीकर्ताहरुको लागि आम्दानीको एउटा राम्रो स्रोत हुनसक्ने कम्पनीले जनाएको छ ।

विद्यमान लगानीकर्ताहरु तथा  विभिन्न व्यवसायमा रहेका व्यवसायीहरु र शेयर बजारको बारेमा विस्तृत विश्लेषण तथा अध्ययनको अभावका कारणले गर्दा लगानी गर्न नसकेका लगानीकर्ताहरुलाई यो सेवा फलदायी हुने कम्पनीको विश्वास रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved