शिवम् सिमेन्टको साधारणसभा आह्वान, आफ्नो उदेश्य थप गरेर अब यी काम पनि गर्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 10, 2021 | 08:07:12 AM मा प्रकाशित

laxmi  sunrise bank

शिवम सिमेन्टले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक १६ गते मंगलबार भर्चुअल माध्यमबाट समेत सहभागी हुन् सक्ने गरि सभा गर्न लागेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छ । कम्पनीले अहिलेसम्मकै उच्च लाभांश घोषण गरेको छ। कम्पनीले गत आर्थिक बर्षको कमाईबाट २९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो। कम्पनीको असोज २२ गते बसेको संचालक समितिको ९२ औं बैठकले गत आर्थिक बर्षबाट दिने लाभांश प्रस्ताव गरेको हो। उक्त लाभांश साधारणसभाले पारित गरे पश्चात सेयरधनिहरुमा वितरण हुनेछ। 

नगद लाभांश बापत कम्पनीले १ अर्ब २७ करोड ६० लाख रुपैयाँ वितरण गर्ने छ। कम्पनीले आफ्नो चुक्ता पुंजी ४ अर्ब ४० करोडको २९ प्रतिशतले हुन आउने उक्त रकम बराबरको नगद लाभांश प्रस्ताव गरेको हो।  कम्पनीले गत आर्थिक बर्षबाट प्रस्ताव गरेको लाभांश अहिलेसम्मकै उच्च हो। यसअघि शिवम सिमेन्टले २४.२१ प्रतिशतसम्म लाभांश वितरण गरेको थियो। कम्पनीले गत आर्थिक वर्ष एक अर्ब ३९ करोड रुपैयाँ नाफा गरेको थियो। 

कम्पनीले थप कार्य गर्न सक्ने गरि कम्पनीको उदेश्य थप गर्ने विशेष प्रस्ताव पनि सभामा लैजाने भएको छ । कम्पनीले आफ्नो उदेश्यमा 'आइरन ओर, फलाम, खनिज तेल, खनिज नून, डोलोमाइट, खरि, रेडक्ले, चुनढुंगा लगायतका धातु तथा अधातु खनिज पदार्थहरूको खोज अनुसन्धान, संकलन, उत्खनन्, दुवानी तथा खरिद विक्री गर्ने । चुनढुंगा उत्खनन गर्दा निष्कने ओभर वर्डनलाई खानीस्थलबाट व्यवस्थापन गर्न क्रसिंग गरी वा नगरी सडक, पुल भवन, कुलो नहर निर्माणमा आवश्यक पर्ने निर्माण सामाग्रीको रूपमा उपयोग गर्ने, अन्य व्यक्ति वा संस्थालाई हटाउन लगाउने वा विक्री गरी ओभरवोर्डन व्यवस्थापन गर्ने' भन्ने बुँदा थप गर्न लागेको हो ।

त्यस्तै सभामा अध्यक्षको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको बार्षिक प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तसम्मको कम्पनीको वासलात तथा सोही मितिमा समाप्त भएको आ. व. २०७७/०७८ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण सहितका ले.प. सम्बन्धि अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने ,  कम्पनीको आ. व. २०७८०७९ को आय व्ययको लेखापरीक्षण कार्यका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने , कम्पनी ऐन २०६३ को दफा ९३ बमोजिम यस कम्पनीका आधारभूत शेयरधनी वा संचालक सम्बद्ध रहेको संस्था तथा यसै संस्थाका सम्बद्ध अन्य कम्पनीसंग गरेको कारोवार छलफल गरी पारित गर्ने लगायतका प्रस्ताव पेश हुने छ ।

कम्पनीले आफ्नो उद्येश्य एवं परियोजना बमोजिमका कार्यहरूका लागि कम्पनीको चुक्ता पूँजी भन्दा बढि रकम कुनै बैंक तथा वित्तिय संस्थाहरूबाट थप कर्जा सुविधा लिनु परेको खण्डमा पनि कर्जा सम्झौता गरी आवश्यक रकम कर्जा सुविधा लिने सम्बन्धमा आवश्यकतानुसार निर्णय गर्न संचालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पारित गर्ने प्रस्ताव पेश गर्ने छ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ८ गतेको लागि बुक क्लोज मिति तय गरेको छ। कात्तिक ७ गतेसम्म कायम सेयरधनीहरुले साधारणसभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved