सिडीएसको वेबसाइट बाट नै आईपिओमा कति आवेदन पर्यो हेर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 10, 2021 | 05:44:43 PM मा प्रकाशित

laxmi  sunrise bank

अब सिडीएसको वेबसाइटबाट नै आईपिओमा कति आवेदन परेको छ हेर्न सकिने भएको छ । सिडीएसले आजबाट यो सेवा संचालनमा ल्याएको हो ।

जस अनुसार सिडीएसले आफ्नो वेबसाइट बाट नै सार्वजनिक निष्काशन भईरहेको कम्पनीको नाम, निष्काशन गरिएको कित्ता, आवेदन खुलेको मिति, आवेदन बन्द हुने मिति वेबसाइट बाट नै हेर्न सकिने ब्यबस्था गरेको हो । साथै सो आईपिओमा कति आवेदन परेको छ समेत हेर्न सकिने छ ।

आवेदकको संख्या र आवेदन दिईएको कित्ताको विवरण हरेक दिन २ पटक अपडेट हुने सिडीएसले जनाएको छ । बिहान १० बजेट र १० मिनेटमा र बेलुका ५ बजेर १० मिनेटमा यो डाटा अपडेट हुने छ ।

यस अघि कुन कम्पनीको आईपिओमा कति आवेदन परेको छ भन्ने विवरण बिक्रि प्रबन्धक, वा अनलाइन मिडिया मार्फत थाहा हुने गरेको थियो । अब भने सिडीएसले नै यो अपडेट दिने भएको हो ।

यी विवरण हेर्नको लागि सिडीएसको वेबसाइटको होम पेजमा रहेको current issue list क्लिक गर्नु पर्ने छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved