निफ्राको लाभांश प्रस्ताव संशोधन, अब बोनस शेयर पनि दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2021 | 10:14:02 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राले यस अघि प्रस्ताव गरिएको लाभांश गरेको छ छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश परिमार्जन गरिएको बैंकले जनाएको छ ।

बैंकले यस अघि आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजी २० अर्बको ८.५ प्रतिशतले हुन आउने नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो ।

तर अब भने बैंकले बोनस शेयर पनि प्रस्ताव गरेको छ । बैंकले ८ प्रतिशतले हुन आउने १ अर्ब ८० करोड बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ८ करोड ४२ लाख १० हजार ५ असी २७ रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको छ । बैंकको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । 

बैंकले भनेको छ 'बैंकको मिति २०७८/०६/२४ गते बेलुका ५ बजे बसेको बैंक संचालक समितिको ९९औं बैठकले आ.व. २०७७/७८ को वित्तीय विवरण अनुसार आर्थिक वर्षको अन्त्यसम्मको संचित मुनाफा मध्ये वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजी रु.२०,००,००,००,०००।- (रु. बीस अर्ब मात्र) को ८% (आठ प्रतिशत) ले हुने रु.१,६०,००,००,०००/(रु. एक अर्ब साठी करोड मात्र) बराबरको बोनस शेयर र उक्त शेयरमा लाग्ने कर वापत रु.८,४२,१०,५२७- (रु. आठ करोड बयालीस लाख दश हजार पाँच सय सत्ताइस रुपैया मात्र) नगद लाभांस गरी कुल रु. १,६८,४२,१०,५२७/- (रु. एक अर्ब अट्सट्ठी करोड बयालीस लाख दश हजार पाँच सय सत्ताइस रुपैया मात्र) लाभांस घोषणा एवं वितरण प्रस्ताव गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ४७ अनुसार नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिका लागि अनुरोध गर्ने, नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात स्वीकृत लाभांसको वितरण साधारण सभाबाट पारित एवं कम्पनी ऐन २०६३ को दफा १८२२) अनुसार नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति पछि मात्र हुने निर्णय गरेको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछौं।'


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved