सांग्रिला बन्यो एजिएम घोषणा गर्ने पहिलो विकास बैक, पुंजी वृद्धि प्रस्ताव पनि एजेन्डामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2021 | 10:29:32 AM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक विकास बैंकहरुमै बार्षिक साधारणसभा डाक्ने पहिलो विकास बैंक बनेको छ। बैंकको  यहि असोज २५ गते बसेको संचालक समितिको २७८ औं बैठकले कात्तिक १६ गतेका लागि साधारणसभा डाकेको बैंकले जनाएको छ। 

साधारणसभा प्रयोजनार्थ बैंकले यहि कात्तिक ५ गतेदेखि १६ गतेसम्मका लागि बुक क्लोजको मिति तय गरेको छ। यसअनुसार कात्तिक ४ गतेसम्म कायम सेयरधनीधरुले मात्रै बैंकको साधारणसभामा भाग लिन तथा बैंकले दिने लाभांश प्राप्त गर्न सक्नेछन।

गत आर्थिक बर्षको प्रस्तावित लाभांश स्वीकृत गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने , अन्य बैंक वित्तीय सँस्थालाई प्राप्ति तथा मर्जरको लागि अख्तियारी दिने, बैंकको अधिकृत पुंजी वृद्धि गर्ने लगायतका एजेन्डाहरु साधारणसभामा प्रस्तुत हुनेछन। बैंकले हाल कायम अधिकृत पुंजी ३ अर्बलाई बढाएर ५ अर्ब पुर्याउने प्रस्ताव साधारणसभामा लैजाने भएको छ।  

बैंकले गत आर्थिक बर्षको कमाईबाट १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०।५२६३ प्रतिशत नगद गरि कुल १०.५२६३  प्रतिशत लाभांश प्रस्ताव गरेको छ। उक्त लाभांश बैंकको साधारणसभाबाट पारित भएपश्चात सेयरधनिहरुले प्राप्त गर्नेछन।

हाल कायम चुक्तापूँजीमा १० प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्तापूँजी बढेर ३ अर्ब १ करोड पुग्नेछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved