कामना सेवाले डाक्यो साधारणसभा, बुक क्लोज तय, चुक्तापुंजी बढाउने प्रस्ताव एजेन्डामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2021 | 10:45:35 AM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकासले आफ्नो १५ औं बार्षिक साधारणसभा डाकेको छ। बैंकको यहि असोज २५ गते बसेको संचालक समितिको ३१६ औं बैठकले कात्तिक २३ गतेका लागि साधारणसभा डाकेको बैंकले जनाएको छ। 

साधारणसभा प्रयोजनार्थ बैंकले यहि कात्तिक १० गते एक दिनका लागि बुक क्लोजको मिति तय गरेको छ। यसअनुसार कात्तिक ९ गतेसम्म कायम सेयरधनीधरुले मात्रै बैंकको साधारणसभामा भाग लिन तथा बैंकले दिने लाभांश प्राप्त गर्न सक्नेछन।

गत आर्थिक बर्षको प्रस्तावित लाभांश स्वीकृत गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने , अन्य बैंक वित्तीय सँस्थालाई प्राप्ति तथा मर्जरको लागि अख्तियारी दिने, बैंकको अधिकृत तथा चुक्तापुंजी वृद्धि गर्ने लगायतका एजेन्डाहरु साधारणसभामा प्रस्तुत हुनेछन। 

बैंकले गत आर्थिक बर्षको कमाईबाट १८।५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०।९७ प्रतिशत नगद गरि कुल १९।४७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। उक्त लाभांश बैंकको साधारणसभाबाट पारित भएपश्चात सेयरधनिहरुले प्राप्त गर्नेछन।

हाल कायम चुक्तापूँजीमा १८।५० प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्तापूँजी बढेर ३ अर्ब १४ करोड पुग्नेछ। हाल बैंकको चुक्तापुंजी २ अर्ब ६५ करोड १९ लाख रहेको छ। 

कामना सेवाको यस पटकको साधारणसभा चुनावी साधारणसभा पनि हो। बैंकको साधारणसभाले संस्थापक समुहबाट तीन जना र सर्वसाधारण समुहबाट ३ जना गरि संचालक समितिमा ६ जना निर्वाचन गर्ने छ।   



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved