७७ अंकले नेप्से घट्दा सबै सूचक रातो, नबिल बैंकको उच्च कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2021 | 03:37:42 PM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार शेयर बजार परिसूचक नेप्से भारी अंकले घटेको छ । आज नेप्से सूचक ७७.३३ अंकले घटेर २५१०.७३ को बिन्दुमा पुगेर रोकिएको हो ।

कारोबार समयमा २५०० को बिन्दुबाट तल झरेको नेप्से सूचक १:३० बजेपछि केहि बढेको हो ।

आज कारोबारमा आएका २२१ कम्पनीका ९५ लाख ७५ हजार ६ सय १ कित्ता शेयर खरिद बिक्रिबाट ३ अर्ब ७८ करोड ३४ लाख २२ हजार ९ सय ९५ रुपैयाँको कारोबार भएको छ । जस मध्ये नबिल बैंकको मात्रै ११ करोड १२ लाख तथा एनसीसी बैंकको संस्थापक शेयरको १० करोड २ लाख बराबरको कारोबार भएको छ । त्यस्तै अपि पावरको ९ करोड ९५ लाख तथा एनएचपीसीको ९ करोड २७ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन् । जस मध्ये फाइनान्स समुह सबै भन्दा धेरै ५.०९ प्रतिशतले तथा हाइड्रो समुह ४.४७ प्रतिशत र विकास बैंक समुह ४.१४ प्रतिशतले घटेको छ ।

आज महुली लघुवित्तको शेयर मूल्य सबै भन्दा धेरै ४.४९ प्रतिशत तथा मानुषी लघुवित्तको शेयर मूल्य ४.०१ प्रतिशतले बढेको छ । आज नेपाल हाइड्रो डेभलपर्सको शेयर मूल्य सबै भन्दा धेरै ९.७७ प्रतिशत तथा एनएचपीसीको शेयर मुल्य ९.४९ प्रतिशतले घटेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved