रैराङ हाइड्रोको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2021 | 07:58:32 AM मा प्रकाशित

laxmi  sunrise bank

रैराङ हाइड्रोपावर डेभलपमेन्ट लिमिटेड Rairang Hydropower Development Company को लाभांश सुरक्षित गर्ने आज कार्तिक ३ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक ४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेकोले आज कार्तिक ३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

 कम्पनीले आर्थिक वर्ष ७७/७८ सम्मको मुनाफाबाट चुक्ता पुंजीको १२.६ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।  कम्पनीले कार्तिक १७ गते बुधबार भर्चुअल माध्यमबाट सम्पन्न गर्ने गरि साधारणसभा आह्वान गरेको हो ।  

सभामा लाभांश सहित विविध प्रस्ताव पेश हुने छन् ।  सभामा सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र नियामक निकायले थप संशोधनको लागि निर्देशन दिएमा सो को अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छ  । त्यस्तै सभामा रैराङ हाइड्रोलाई रिडी हाइड्रोमा गाभ्ने विशेष प्रस्ताव पेश हुने छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved