भोटेकोशीको आईपिओ नपरेको पैसा फिर्ता आएँन ? यसो गर्नुस्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2021 | 08:12:55 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई क्यापिटलले मध्य भोटेकोशीको स्थानीयको आईपिओ नपरेको पैसा फिर्ता नभएको भए क्यापिटलमा सम्पर्क गर्न आग्रह गरेको छ। बिक्रि प्रबन्धक रहेको ग्लोबल आईएमई क्यापिटलले आईपिओ बाँडफाँटमा आंशिक परेका तथा नपरेको शेयर वापतको रकम २०७८ आश्विन १४ गते बिहीबारदेखि सम्बन्धित आवेदकहरुको दरखास्त फारममा उल्लेख गरेको बैंक खाता हुबहु मिलेको हदसम्म रकम रकमान्तरण गरि सकिएको जनाएको छ । 

 आवेदकहरुको आवेदन फारममा बैंक खाता नभएका तथा बैंक खाता नम्बर हुबहु नमिलेका आवेदक/शेयरधनीहरुको खातामा रकम रकमान्तरण हुन नसक्नाको कारण सहितको नामावली क्यापिटलको वेभसाइट www.globalimecapital.com मा राखिएको क्यापिटलले उल्लेख गरेको छ।

उक्त लिष्ट हेरी सो मा आफ्नो नाम उल्लेख भएमा सही खाता नम्बर र बैंक नाम सहित यस कम्पनीको इमेल [email protected] पत्राचार गर्न वा क्यापिटलको नम्बर 9813987385,9866299239 मा भाइवर मार्फत जानकारी गराउन क्यापीटलले आग्रह गरेको छ।

क्यापिटल मै गई  विजेता शाक्य ( मर्चेण्ट बैंकिंग विभाग - सम्पर्क नम्बर ९८१३९८७३८५ ) र अनु श्रेष्ठ (लेखा विभाग - सम्पर्क नम्बर ९८६६२९९२३९) लाई सम्पर्क गर्न क्यापिटलले आग्रह गरेको छ । अद्यावधिक भएको खाता नं. र बैंक नाम प्राप्त भएको ३ कार्य दिन पश्चात रकम फिर्ता भुक्तानीको प्रकृया अगाडि बढाउने क्यापिटलले जनाएको छ।

स्थानीयलाई निष्काशन गरिएको आईपिओमा १ लाख ८ हजार ५ सय २७ जना आवेदकले आवेदन दिएका थिए । जस मध्ये आयोजना प्रभावित क्षेत्र अन्तर्गत १२ हजार १ सय ४७ जनाले आवेदन दिएका थिए । यी मध्ये ४९ जनाको आवेदन रद्द भएको र बाँकि रहेका १२ हजार ९८ जना योग्य आवेदकलाई शेयर बाँडफांड गरिएको क्यापिटलले जनाएको छ । आयोजना प्रभावित क्षेत्र अन्तर्गत १८० कित्तासम्मको लागि आवेदन दिने आवेदकले माग बमोजिम कै शेयर पाएका छन् । १९० देखि ४ सय कित्ता सम्म आवेदन दिने मध्ये बाट थप २ हजार ३ सय १३ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् ।यस हिसाबमा आयोजना प्रभावित क्षेत्र अन्तर्गत अधिकतम १९० कित्तासम्म शेयर पाएका छन्  

 आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्र अन्तर्गत ९६ हजार ३ सय ८० जना आवेदकले आवेदन दिएका थिए   । जस मध्ये १५ सय १५ जनाको आवेदन रद्द भएर ९४ हजार ८ सय ६५ जना योग्य आवेदकलाई शेयर बाँडफांड गरिएको छ  । यस अन्तर्गत १० देखि ४० कित्तासम्म आवेदन दिनेले माग बमोजिम कै शेयर पाएका छन्  । त्यस्तै ५० देखि ४ सय कित्तासम्म आवेदन दिने मध्येबाट गोलाप्रथा गरि ४० हजार ५ सय ४८ जनाले थप १० कित्ता शेयर पाएका छन्  । यस हिसाबमा आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्र अन्तर्गतका आवेदकले अधिकतम ५० कित्तासम्म शेयर पाएका छन्  

No description available.

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved