प्रि ओपन सेसनमा ११ अंकले बढ्यो नेप्से, ३७ कम्पनीको शेयर मूल्यमा वृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2021 | 10:57:06 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबारको प्रि ओपन सेसनमा ३७ कम्पनीको शेयर मूल्य बढेको छ । आजको प्रि ओपन सेसनमा १२ हजार ८ सय ७६ कित्ता शेयर खरिद बिक्रिबाट ६५ लाख २८ हजार ७ सय ७७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रि ओपन सेसनमा कारोबारमा आएका मध्ये ३ कम्पनीको शेयर मूल्य घटेको छ । २ कम्पनीको शेयर मूल्य भने स्थिर छ  । 

प्रि ओपन सेसनमा नेप्से सूचक ११.१० अंकले बढेर २५२२.२० को बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हरेक दिन बिहान १०:३० देखि १०:४५ सम्म प्रि ओपन सेसन अन्तर्गतको कारोबार हुने गरेको छ । यस समयमा कम्पनीको शेयर मूल्य सर्वाधिक २ प्रतिशतले घटबढ हुन सक्ने ब्यबस्था छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved