६० अंकले बढ्यो नेप्से सूचक, ८४ अर्बले बढ्यो लगानीकर्ताको सम्पति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2021 | 03:25:46 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार शेयर बजार परिसूचक नेप्से ६०.५६ अंकले बढेको छ । यो वृद्धि संगै नेप्से सूचक २५७१.६६ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका २१७ कम्पनीका ६१ लाख १ हजार ४ सय १४ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ६७ करोड ९० लाख २८ हजार १ सय ५५ रुपैयाँको कारोबार भएको छ । जस मध्ये नबिल बैंकको सबै भन्दा धेरै ९ करोड ४८ लाख बराबरको कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको ७ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये फाइनान्स समुह सबै भन्दा धेरै ५.८१ प्रतिशत र हाइड्रो समुह ४.३१ प्रतिशतले बढेको छ ।

आज मैलुंग खोला जलविद्युत कम्पनी, आँखु खोला जलविद्युत कम्पनी, र युनिभर्सल पावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै सीइडिबी हाइड्रो, नेशनल हाइड्रो, युनाईटेड मोदी, मेरो माइक्रो फाइनान्स र अरुण भ्यालीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । आज बजार पुँजीकरण ८४ अर्ब ७८ करोडले बढेर ३६ खर्ब माथि पुगेको छ । 

नेपाल राष्ट्र बैंकले मंगलबार ब्याजदर बारेको नयाँ सर्कुलर जारी गरेपछि त्यसको सकारात्मक प्रभाव बजारमा परेको हो । बैंकहरुले आफु खुसी अधिक ब्याज दर निर्धारण गर्न थालेपछि नेपाल राष्ट्र बैंकले मंगलबार अबेर नयाँ निर्देशन जारी गरेको हो । 

 जस अनुसार अब इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा अधिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा दश प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्नेछन्। यस अघि यस्तो सीमा नरहेको अब १० प्रतिशतको सीमा लगाईएको हो  ।

त्यस्तै संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा एक प्रतिशत बिन्दुले कम हुनुपर्ने ब्यबस्था राष्ट्र बैंकले गरेको छ ।

२०७८ कात्तिक महिनाको लागि प्रकाशित भईसकेको व्याजदर यी २ ब्यबस्था बमोजिम नभएको भए सो व्याजदरमा समेत संशोधन गरि कार्तिक ३ गते बुधवार  भित्र आफ्नो वेबसाइट मार्फत सार्वजनिक गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । यस्तो ब्याजदर कार्तिक ०५ भित्र दैनिक पत्रिकामासमेत प्रकाशन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

यस संगै अब अधिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा दश प्रतिशत भन्दा बढीले नयाँ ब्याजदर सार्वजनिक गरेका बैंकले ब्याजदर घटाउनु पर्ने भएको छ  । राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्सको लागि यो निर्देशन जारी गरेको हो ।

राष्ट्र बैंकको ब्याजदर समबन्धि यस निर्देशनले आज बजारमा सकारात्मक प्रभाव परेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved