फर्स्ट माइक्रोफाइनान्सको 'फर्स्ट' मै वित्तीय रिपोर्ट, यस्तो छ अवस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2021 | 08:41:15 AM मा प्रकाशित

laxmi  sunrise bank

फर्स्ट माइक्रोफाइनान्स First Microfinance Laghubitta Bittiya Sanstha  चालु आर्थिक वर्ष ७८/७९ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी बनेको छ । कम्पनीले अघिलू आर्थिक वर्षको यसै अवधिको तुलनामा ०.२३ प्रतिशतले खुद नाफा घटेको विवरण सार्वजनिक गरेको हो । 

कम्पनीको खुद नाफा २ करोड ९७ लाख रहेकोमा घटेर २ करोड ९६ लाख कायम भएको छ । यस अवधिमा कम्पनीको चुक्ता पुंजी १० प्रतिशतले बढेर ९६ करोड ४४ लाख पुगेको छ । कम्पनीको रिजर्भ २२.६१ प्रतिशतले बढेर २० करोड ३६ लाख पुगेको छ । 

समिक्षा अवधिमा कम्पनी सापटी ६२.५३ प्रतिशतले बढेर ९ अर्ब ६६ करोड पुगेको छ । त्यस्तै कम्पनीको कर्जा प्रवाह ५४.८२ प्रतिशतले बढेर ९ अर्ब ३३ करोड पुगेको छ । 

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ९.१७ प्रतिशतले घटेर ४ करोड ७९ लाख कायम भएको छ । खुद ब्याज आम्दानी घटेपनि कम्पनीको अन्य संचालन मुनाफा भने २८० प्रतिशतले बढेर २ करोड ९० लाख पुगेको छ । कम्पनीले सम्भावित जोखिमको लागि गरिने प्रोभिजन २०८ प्रतिशतले बढाएर १ करोड ५२ लाख प्रोभिजन गरेको छ । 

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १२ रुपैयाँ ३० पैसा, मूल्य  आम्दानी अनुपात ७६.६० , प्रति शेयर नेटवर्थ १२१.११ रुपैयाँ, प्रति शेयर कुल सम्पतिको मूल्य ११३१.४१ रुपैयाँ, र तरलता अनुपात ७.०२ प्रतिशत रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved