सामलिङ्ग पावरको आईपिओमा पहिलो दिन नै ७ गुणा बढीको आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2021 | 05:09:27 PM मा प्रकाशित

laxmi  sunrise bank

सामलिङ्ग पावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपिओमा पहिलो दिन नै ७.८३ गुणा बढीको आवेदन परेको छ । आज साँझ ५ बजेसम्ममा कम्पनीको आईपिओमा ४ लाख ३० हजार ५ सय २१ जना आवेदकबाट ५३ लाख १८ हजार ५ सय २० कित्ताको लागि आवेदन परेको हो । 

कम्पनीले आज कार्तिक ४ गतेदेखि सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले सर्बसाधारणलाई ७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये १४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ३६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बाँकि रहेको ६ लाख ७८ हजार ९ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । यस आईपिओमा कार्तिक ८ गतेसम्म आवेदन दिन सकिने छ । 

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि दिन सकिने छ ।  शेयर निष्कासनको लागि  नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड बिक्रि प्रबन्धक रहेको छ। 

कम्पनीले यस अघि नै आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरु तथा आयोजना प्रभावित ईलाम जिल्लाका स्थानीयबासीको लागि शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ । 

कम्पनीले इलाम जिल्ला स्थित माईबेनी जलविद्युत आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी २०७८ आश्विन १ गते देखि व्यापारिक उत्पादन सुरु गरी सकेको छ । कम्पनीले आयोजना सम्पन्न गरिसक्नु पर्ने समय २०७८ साल मङ्सिर २ गते रहेपनि २ महिना अगावै व्यापारिक उत्पादन गर्न सफल भएको हो । 

यो पनि : सामलिङ्ग पावर आईपिओ रिभ्यु: समय अगावै उत्पादन सुरु, अर्को वर्ष लाभांश प्रक्षेपण

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved