
कृषि विकास बैंक Agriculture Development Bank Limited ले कृषि ऋणपत्रको लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई डिबेञ्चर रजिष्ट्रार नियुक्त गरेको छ । बैंकले ८ बर्ष अवधिको ६ अर्ब र ९ वर्ष अवधिको ३ अर्ब ४२ करोड ६९ लाख ७५ हजार रकम बराबरको “कृषि ऋणपत्र”को लागि क्यापिटललाई डिबेञ्चर रजिष्ट्रार नियुक्त गरेको हो ।
सम्झौतामा बैंकको तर्फबाट प्रमुख वित्त अधिकृत प्रेम कुमार श्रेष्ठ र बरिष्ट शाखा प्रमुख उमेश पंजियार तथा एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत, मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।
कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालिन साधनको उपलब्धता सहज बनाउन यस बैंकले कृषि ऋणपत्र जारी गरिएको हो ।