न्यादी हाइड्रोको आईपिओ आज बाँडफाँड हुदै, २ लाख ९ हजार २ सय ५० जनाले शेयर पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2021 | 07:59:53 AM मा प्रकाशित

laxmi  sunrise bank

न्यादी हाइड्रोपावरले निष्काशन गरेको आईपीओ आज शुक्रबार बाँडफांड हुदै छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले क्यापिटल कै कार्यालय नक्सालमा बिहान ९ बजे शेयर बाँडफाड गर्न लागेको हो । 

कम्पनीले निष्काशन गरेको आईपिओमा १४ गुणा बढीको आवेदन परेको छ । आवेदन दिने अन्तिम दिन साँझ ५ बजेसम्ममा कम्पनीको आईपिओमा २३ लाख ५७ हजार १ सय ६६ जना आवेदकबाट २ करोड ९४ लाख ७७ हजार ६ सय ५० कित्ताको लागि आवेदन परेको हो । यो माग गरिएको भन्दा १४.०८ गुणा बढी हो । 

कम्पनीले असोज १५ गते सर्बसाधारणलाई आईपीओ  बिक्रि खुला गरेको हो । कम्पनीले सर्बसाधारणलाई २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्टाईएको थियो। बाँकि रहेको २० लाख ९२ हजार ५ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्। 

माग भन्दा बढीको आवेदन परकोले कम्पनीको आईपिओ गोलाप्रथाबाट बाँडफांड हुने छ । गोलाप्रथा मार्फत २ लाख ९ हजार २ सय ५० जनाले मात्र १० कित्ताको दरले सेयर पाउने छन् । यस हिसाबमा आवेदन दिएका मध्ये २१ लाख बढी आवेदक हात खाली हुने छन् । यद्यपि यो आवेदन भेरिफाई नहुँदैको तथ्यांक भएकोले यो संख्या केहि तलमाथि हुन् सक्ने छ ।  

कम्पनीले लमजुङमा ३० मेगावाटको  न्यादी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।  कम्पनीमा बुटवल पावरको समेत लगानी छ । कम्पनीको संस्थापक शेयरधनीमा बुटवल पावर कम्पनी लिमिटेड र लमजुङ्ग विद्युत विकास कम्पनी रहेका छन् । कम्पनीमा यी दुई कम्पनीको शेयर स्वामित्व ७३ प्रतिशत रहेको छ । आईपिओ निष्काशनपछि कम्पनीमा बुटवल पावरको स्वामित्व ७१ प्रतिशत हुने छ । 

यो पनि : न्यादी हाइड्रो आईपिओ रिभ्यु : अधिकांश लगानी बुटवल पावरको, यो वर्ष बिजुली, अर्को वर्ष लाभांश


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved