
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited को शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।
समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३३४.५५ रुपैयाँ कायम भएको छ । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३६८ थियो । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज कार्तिक ५ गते शुक्रबार बुक क्लोज गरेकोले आज मूल्य समायोजन भएको हो । कार्तिक ४ गते बिहिबारसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।
बैंकले कात्तिक १६ गतेका लागि साधारणसभा डाकेको छ। गत आर्थिक बर्षको प्रस्तावित लाभांश स्वीकृत गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने , अन्य बैंक वित्तीय सँस्थालाई प्राप्ति तथा मर्जरको लागि अख्तियारी दिने, बैंकको अधिकृत पुंजी वृद्धि गर्ने लगायतका एजेन्डाहरु साधारणसभामा प्रस्तुत हुनेछन। बैंकले हाल कायम अधिकृत पुंजी ३ अर्बलाई बढाएर ५ अर्ब पुर्याउने प्रस्ताव साधारणसभामा लैजाने भएको छ।
बैंकले गत आर्थिक बर्षको कमाईबाट १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०।५२६३ प्रतिशत नगद गरि कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। उक्त लाभांश बैंकको साधारणसभाबाट पारित भएपश्चात सेयरधनिहरुले प्राप्त गर्नेछन। हाल कायम चुक्तापूँजीमा १० प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्तापूँजी बढेर ३ अर्ब १ करोड पुग्नेछ।