महिला लघुवित्तको लाभांश परिमार्जन, बोनस दर बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2021 | 10:50:49 AM मा प्रकाशित

laxmi  sunrise bank

महिला लघुवित्तको लाभांश परिमार्जन भएको छ  । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश दर परिमार्जन गरिएको कम्पनीले जनाएको छ  । 

कम्पनीले कुल लाभांश ५० प्रतिशत नै रहने गरि बोनस र नगद लाभांशको दर मात्रै परिमार्जन गरेको हो  । कम्पनीले यस अघि ४५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरि कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो  । 

राष्ट्र बैंकले निर्देशन दिए अनुसार अब भने कम्पनीले बोनस दर बढाएर नगद लाभांशको दर घटाएको छ  । कम्पनीले अब ४७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.५ प्रतिशत नगद लाभांश गरि कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  । आज बिहान बसेको कम्पनीको संचालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो  । कम्पनीले आर्थिक वर्ष ७७/७८ सम्मको मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

 कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved