सीबिआईएल क्यापिटल CBIL Capital को साधारणसभा सम्पन्न भएको छ। क्यापिटलले आज कार्तिक ५ गते शुक्रबार बिहान ११ बजे डिल्लीबजार स्थित आफ्नै कार्यालयमा सभा सम्पन्न गरेको हो ।
सभाले लाभांश सहितका विविध प्रस्ताव पारित गरेको छ । कम्पनीले २५ प्रतिशतले हुन आउने ५ करोड बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभाले संचालक समितिको वार्षिक प्रतिवेदन पारित गर्न, वित्तीय विवरण छलफल गरी पारित गर्ने, लेखापरिक्षकको नियुक्त गरी निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पनि पारित गरेको छ ।
सीबिआईएल क्यापिटल सिटिजन्स बैंकको सहायक कम्पनी हो ।