सिद्धार्थ क्यापिटलको खुलामुखी म्युचुअल फण्ड योजनाको इकाई आजबाट किनबेच गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2021 | 08:07:51 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ क्यापिटल Siddhartha Capital  को खुलामुखी सामुहिक कोष लगानी योजना 'सिद्धार्थ सिस्टम्याटिक इन्भेस्टमेन्ट स्किम' को इकाई आज आइतबारबाट खरिद बिक्रि गर्न सकिने भएको छ । सिद्धार्थ बैंक कोष प्रबर्द्धक तथा सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रहेको सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालन हुने यस योजनाको इकाईहरुको बिक्रि आजबाट खुला गरिएको क्यापिटलले जनाएको हो ।

आज आइतबारदेखि सिद्धार्थ क्यापिटलको नारायणचौर, नक्साल स्थित कार्यालयबाट इकाई खरीद/बिक्री गर्न सकिने छ । क्यापिटलले हरेक साताको  आईतबारदेखि बिहीबारसम्मः बिहान १०:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म इकाई खरिद बिक्रिको लागि काउन्टर खुल्ला हुने जनाएको छ। शुक्रबार, शनिबार तथा सार्वजनिक बिदाका दिन योजनाका इकाईहरु खरीद/बिक्री बन्द रहने क्यापिटलले जनाएको छ ।  

यो खुलामुखी योजना भएकोले नेप्सेमा कारोबार भने हुदैन ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved