बेस्ट फाइनान्सको खुद नाफा १२ करोड , प्रति शेयर आम्दानी ५८ रुपैयाँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2021 | 09:10:27 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बेस्ट फाइनान्स Best Finance Company  ले  १२ करोड ११ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीको नाफा ८९ लाख ९९ हजार रुपैयाँ ऋणात्मक रहेको थियो।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३.५७ प्रतिशतले घटेको छ। यद्यपि फाइनान्सको कुल सञ्चालन आम्दानी ८०.३९ प्रतिशत बढेपछि र खराब कर्जा कम भएपछि कम्पनी नाफामा पुगेको हो। यस अवधिमा कम्पनीकोखराब कर्जा १४.२६ प्रतिशतबाट घटेर ४.०५ प्रतिशत कायम भएको छ।

कम्पनीको वितरण योग्य मुनाफा भने २७ करोड २५ लाख रुपैयाँ ऋणात्मक रहेको छ। यस अवधिमा कम्पनीको निक्षेप ४.३२ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ५३.११ प्रतिशत रहेको छ। 

समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ५८.४७ रुपैया, पीई रेसियो ७.३४, प्रति शेयर नेट वर्थ १२५.३५ रुपैयाँ, कोषको लागत ७.०९, र बेस रेट १०.५८ प्रतिशत रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved