सपोर्ट लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2021 | 10:43:08 AM मा प्रकाशित

laxmi  sunrise bank

सपोर्ट लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १.५७८ प्रतिशत नगद लाभांश गरि कुल ३१.५७८  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  हाल कम्पनीको चुक्ता पुंजी ६ करोड ६० लाख रहेको छ । 

कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved