नेपाल सेवा र विन लघुवित्तको एकिकृत कारोबार मिति तय , नाम पनि परिवर्तन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2021 | 09:42:11 AM मा प्रकाशित

laxmi sunrise bank

नेपाल सेवा लघुवित्तले विन लघुवित्तलाई गाभेपछि कार्तिक १७ गतेबाट एकिकृत कारोबार गर्ने भएको छ। विन नेपाल लघुवित्तको नामबाट एकिकृत कारोबार सुरु हुने भएको हो 

 साविकको इजाजतपत्रप्राप्त नेपाल सेवा लघुवित्तले विन लघुवित्तलाई सो संस्थाको सम्पूर्ण सम्पत्ति तथा दायित्व आफूमा सर्ने गरी गाभेपश्चात् कार्तिक १५ गते सोमबारका दिनदेखि साविकका दुवै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार एकीकृत रूपमा “विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड" को नामबाट एकीकृत कारोबार सञ्चालन गर्ने भएको सूचना राष्ट्र बैंकले सार्वजनिक गरेको हो।

दुवै संस्थाको जेठ २४ बसेको साधारणसभाले एक आपसमा  मर्ज हुने प्रस्ताव पारित गरेको थियो  । २ संस्था १००:७५ को स्वाप रेसियोमा मर्ज भएका हुन्  । विनको १ सय कित्ता शेयर हुनेले नेपाल सेवाको ७५ कित्ता शेयर हुने गरि प्रस्ताव पारित भएको हो । 

मर्जपछि कम्पनीको केन्द्रिय कार्यालय हाल नेपाल सेवा लघुवित्तको मुख्य कार्यालय रहेको स्थान सिन्धुपाल्चोकको मेलम्चीमा रहने छ । एकिकृत कारोबारपछि संस्थाको अधिकृत पुंजी २० करोड, र जारी पुंजी तथा चुक्ता पुंजी ७ करोड ७१ लाख ३७ हजार ५ सय रहने छ । विनले आईपिओ निष्काशन नगरेको हुँदा संस्थापक र सर्वसाधारण शेयरधनीको अनुपात ७०:३० बनाउन कम्पनीले एफपिओ निष्काशन गर्ने छ 

हाल नेपाल सेवाको केन्द्रिय कार्यालय सिन्धुपाल्चोकमा रहेको छ भने  विन लघुवित्तको केन्द्रीय कार्यालय धादिङमा रहेको छ। 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved